Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

९१ बर्षकी अबिबाईत उपमेयर कार्कीले जितिन कोरना

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की निको भएकी छन्। दुई साताअघि उनलाई कोरोना देखिएको थियो। बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उनी अस्पतालबाट निस्केकी हुन्। महानगरका मेयर विजयकुमार सरावगीले उपमेयर कार्कीलाई कोरोना नेगेटिभ देखिएको बताए। महानगरले नै चलाएको कोभिड (१९ अस्पतालमा उहाँ १३ दिन बस्नुभयो,’ मेयर सरावगीले ताजानेपालसँग भने, ‘कोरोना संक्रमण नेगेटिभ आएपछि उहाँलाई आज घर पुर्‍याइएको छ।’आत्मबल बलियो हुदा कोरोना जित्न उमेरले फरक नपर्ने कार्कीको प्रतिर्कीया थियो ाउपमेयर कार्कीलाई आइसोलेसन बस्दा धेरै समस्या देखिएन उहाँलाई रेखदेख गर्न एक जना चिकित्सक राखेका थियौं। अक्सिजनलगायत केही पनि आवश्यक परेन,’ उनले भने। उपमेयर कार्कीको आफ्नै घर छैन। अविवाहित कार्की आफन्तहरूको घरमा बस्ने गरेकी छन्। आज उनी वडा नम्बर ४ स्थित भाउजूको घरमा छिन्।२०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट कार्की उपमेयर निर्वाचित भएकी थिइन्। कार्की महानगरको उपमेयर निर्वाचित हुने सवैभन्दा बढी उमेरकी व्यक्ति हुन्। लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेकी उनी वीरगंगमा समाजसेवामा पनि क्रियाशील छन्।उनी कांग्रेस पर्साकी उपसभापति, वीरगंज नगरकी सभापति र नेपाल महिला संघको केन्द्रीय सदस्य भइसकेकी छन्।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल