Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गत हप्ताको तुलनामा यो हप्ता नेपालमा कोरोना संक्रमण दर ५।७ प्रतिशतले घट्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ ९ गतेको तथ्यांकमा संक्रमण दर थोरै घटेको देखिएको छ । काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा। अर्चना श्रेष्ठका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अघिल्लो साताको तुलनामा संक्रमण दर घटेको हो ।
बागमतीमा १६.३१, लुम्बिनीमा १९.१ र गण्डकीमा १०.८७ प्रतिशतको दरले संक्रमण घटेको छ । तर प्रदेश २ मा १०५.१, कर्णालीमा २९.१, प्रदेश १ मा २६.८ र सुदूरपश्चिममा ९.६ प्रतिशतले संक्रमण बढेको छ । नेपालमा समग्रमा कोरोना संक्रमण दर क्रमशः घट्दै जाँदा काठमाडौं उपत्यका लगायतका अस्पतालहरुमा अक्सिजन उपलब्धता सहज बन्दै जान थालेको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, मेडिसिटी, बाँकेको भेरीलगायतका अस्पतालमा तुलनात्मक रुपमा अक्सिजन उपलब्धतामा सहजता आएको चिकित्सकहरुले बताएका छन् । टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले पछिल्लो समय अस्पतालमा अक्सिजन अभाव नरहेको बताएका छन् । बिरामीको उपचारका लागि हामीमा अक्सिजन अभाव छैन । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएका कारण अहिले असहज अवस्था छैन । त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा। सन्तकुमार दासले अक्सिजन उपलब्धता सहज रहेको बताएका छन् । अस्पतालमा अक्सिजन प्लान्ट जडानको पनि काम भइरहेकाले भविष्यमा अक्सिजन अभावको समस्या झेल्नु नपर्ने उनको विश्वास थियो ।
ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले पछिल्लो समय अक्सिजन अभाव नरहेको ताजानेपाललाई बताएका छन् । तीन दिन मात्रै भयो, १३ हजार लिटर क्षमताको लिक्विड अक्सिजन प्लान्ट जडान गरेका छौं,’ डा। पौडेलले भने, यसले अझै केही दिन धान्छ । संक्रमितको संख्या पनि घट्दै गएका कारण अहिले अक्सिजन उपलब्धतामा सहजता आएको उनको तर्क छ ।मेडिसिटी अस्पतालकी सूचना अधिकारी मनिता पोखरेलले संक्रमितको उपचारमा अक्सिजन अभाव नरहेको बताइन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल