Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सरकारले कोरोना नियन्त्रणका निम्ति चलाएको अभियानले संक्रमितहरुलाई प्रभाव पार्न सकिरहेको छैन । काठमाण्डौ महानगरले सरकारी तथा केही निजी अस्पतालहरुलाई आवश्यक पर्ने भेन्टिलेटर र अक्सिजनको व्यवस्था गर्न बजेट छुट्याए पछि त्यो बजेटमा नजर लगाउन माफीयाहरु सक्रिय छन् । सिसीएमसीमा असफल भएका उपप्रधानमन्त्री इश्वर पोख्रेलका पूत्र स्वराज पोख्रेल विर अस्पतालको भेन्टिलेटर खरिदमा दबाब दिन पुगेका छन् ।
कारोनाको पिडाले जनता छट्पट्टिमा पर्दा सत्ताको पौच भएका मन्त्रीदेखि सांसदसम्मले स्वास्थ्य मन्त्रालयले चिनमा आयाधित सिलिण्डर वितरण गर्दा समेत हस्तक्षेप गरेका छन् । मन्त्रालयले विर अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताल, ट्रमा सेन्टर, सुक्रराज ट्रफिकल सरुवा रोग अस्पताल जस्ता अस्पतालहरुलका लागि छुट्याएको सिलिण्डर कोटा कटौती गरेर मन्त्री तोप बहादुर रायामाझी सांसद गंगा चौधरी लगायतले आफ्नो जिल्लामा सिलिण्डर पठाएका छन् ।
सरकार र राजनीति दलहरु अराजक र असव्य भएको कारण दोस्रो चरणको कोरोना नियन्त्रण गर्न प्रहरीलाई सडक, डाक्टरहरुलाई अस्पतालमा हम्बे हम्बे भएको हो । मान्छे हरेक दिन सयौ मरेका छन् । सरकार आफ्नो कार्यमा असफल भयो । सरकार कति सम्म नालायक छ भन्ने कुरा पदमा भएका लठैत नेताले १५ दिनमा अक्सिजन उत्पादन गर्ने मेसीन जडान गर्न निर्देशन दिदाँ नै यीनको हैसियत देखियो । सिसीएमसी नामक लुटाहाहरुको संस्थाले त्यो निर्देशन दिदा अस्पताल संचालकहरुले विद्रोह गरे । सिसीएमसीले ग्याँस उद्योगमा हस्तक्षेप गर्याे । त्यो बेला अक्सिजन नपाएर राजधानीमा ५० औ जनाको ज्यान गयो ।
ठूलाले कानून लागू गर्दैनन् । प्रधानमन्त्री कति नालायक र भविष्यबाणी कर्ता छन् भन्ने कुरा यीनले प्रचार गरेको भ्रमले जनता अन्यौलमा परेका छन् । प्रम ओली अराजकताको नमून हुन् । प्रहरीले सडकमा निगरानी गरेको छ । सडकमा जन चेतना फैलाउने तीनै प्रहरी छन् जो सरकारको नजरमा कोरोना भत्ता पाउन योग्य भएनन् । सरकारको टोलीलाई कमिशन घुत्नमा भ्याई नभ्याई छ ।
नागरिक अस्पतालमा बेड नपाएर अक्सिजन नहुँदा भकाभक भरिरहेका छन् । सरकारी सांसदहरु अक्सिजन सिलिण्डर कब्जा गर्दै जिल्ला पठाउन सकृय छन् । जनताको मृत्यूमा सरकारको कत्तै साहानुभुति छैन । कानूनको कार्यन्वयन प्रधानमन्त्रीले नै गरेका छैनन् ।यस्तो भद्रगोल अराजकताको अन्त नहुँदा जनताले कोरोनाको नाउमा दुख सहदै छ । रिपोर्ट सुन्दै आतंकित जनता लकडाउनमा भोकै बन्दैछ तर राहत छैन ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल