Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियारलाई तत्कालिन शाही आयोग जस्तै बनाउन खोजेको आरोप लगाएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा शाही आयोग गठन भएको थियो । राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि भ्रष्टाचारमा मुछिएका सार्वजनिक व्यक्तिहरूमाथि छानविन गर्न भन्दै शाही आयोग गठन गरेका थिए । सरकारले संवैधानिक परिषद्लाई कठपुतली बनाउन खोजेको देउवाको आरोप छ ।
शुक्रवार पोखरामा आयोजित कार्यक्रममा उनले सबै स्थानमा आफ्ना मान्छेहरु भर्ती गरेर सरकार अघि बढेको आरोप लगाए । संवैधानिक परिषद्लाई कठपुतली बनाएको छ, सबै ठाउँमा आफ्ना मान्छेहरु नियुक्ति गरेको छ, देउवाले भने, अख्तियारलाई पनि शाही आयोग बनाउँदैछ । उनले न्यायालयमा समेत सरकारले हस्तक्षेप गरेको आरोप लगाए । सरकारका गलत कामलाई ठिक गर्ने स्थान न्यायालय भएपनि त्यहाँ पनि हस्तक्षेप भएको उनको भनाइ थियो ।