Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेतृत्व जनता र राष्ट्रप्रति बफादार छ भने शत्रुको आक्रमणले आन्तरिक संगठनलाई छुँदैन । जब नेतृत्वमा दम्ब छ विचार र सिद्धान्त मात्र होइन पार्टीको भावी दिशा र कार्यक्रम समेत त्यही रूपमा लादेपछि आफैं असुरक्षित हुन्छ । त्यो असुरक्षा विचार र कार्यक्रमले मात्र होइन, व्यवहारले विश्वस्त नहुँदा आफैंले खेदेकाहरूसँग पनि संकट टार्ने ठाउँ खोज्नुपर्छ । अहिले एमाले अध्यक्ष केपी ओलीलाई त्यही भएको छ । ओलीको चरित्र अनुसार भौतिक रूपमा जहाँ त्यहाँ सुरक्षित हुन सक्ने विश्वास नभएपछि हातमा ट्याटु, कानमा कुण्डल, टाउको मुण्डन भएको राजनीति प्रशिक्षण र विचारमा लेश भएको गुण्डा जमातको भर पर्नु पर्ने अवस्था आयो । त्यो अवस्था यिनकै कारण सिर्जना भएको हो ।
सरकारले चुनाव घोषणा गरेको छ । सबै दल एक आपसमा चुनावी तालमेलमा छन् । बैकल्पिक शक्तिको दबाव ठूलामा छ । सच्चिन यी चाहेका छैनन् । सिद्धिने बेला आएपछि एमालेको ओली गुटलाई छटपटी छ । अरु दलमा विचार र कार्यक्रम मिल्नेबीचमा तालमेल छ । पार्टी एकताको लहर छ । नेकपा एमालेमा ओलीलाई बा भन्नेको बाहेक अरुको गनिमत छैनन् । पार्टीका वरिष्ठ आज वरिष्ठ छैनन् । पदाधिकारीका २ जना कार्यक्षमताकै कारण निर्वाचित भए तर १७ जना केपी ओलीका प्यादा गुटका आधारमा निर्वाचित भए । तर पार्टी एकताबद्ध छैन, गुटबन्दीमा ग्रस्त बन्दैछ । जेनजी आन्दोलनलाई चर्काउने अघोरी ओली शासन हो । जुन शासनमा अदालत, प्रहरी, अख्तियार मात्र होइन संवैधानिक अंगहरू पनि दुई तिहाईको कारखाना बनाइयो, कर्मचारी प्रशासन अस्पतालका डाक्टर, परियोजनाहरूका प्राविधिकहरू मात्र होइनन् मानव अधिकारको कुरा गर्नेहरू समेत ओलीको मुखको ल एन्ड अर्डर भन्दै बुर्कुसी मारेका फल जेनजी पुस्ताको विद्रोह दमन गर्ने रक्त पिपासुको पैतलाभित्र परेको छ । रास्वापाले जेनजी पुस्ता समेटेको छ । ३१ समूहको यो पुस्ता नेपाली कम्युनिष्ट पार्टीभित्र पनि प्रवेश गरेको छ । वामपन्थी राजनीतिको कतै प्रभाव, कतै संगतको यो पुस्ताले ओली शासनका विरुद्ध ज्यान त्यागेको हो । भदौ २३ र २४ गतेको त्यो उपद्रो विध्वंश र कत्लेआम सहन नसक्नेहरू नेपाली कम्युनिष्ट र रास्वपामा प्रवेशगरेका छन् । खाइखेतीमा रमाउनेहरू चुनाव कसरी गराउँछस् गरा त मेरो शरीरमा गाडी कुदा भन्दैछन् । यसका नमूना हुन् डा. निकोलस भुसाल । यिनलाई देशको माया छ, जेनजी पुस्ताको भावनामाथि खेल्नु छैन भने अझै पनि नेकपा एमाले र त्यसको गुण्डामण्डलीलाई खवरदारी गर्ने हो ।
अदालतका न्यायाधीशले सताइएका पीडितहरूले नेताका जल्न बाँकी घर र न्यायाधीशको निवास रेकी गर्नु पर्नै अवस्थाको सिर्जना कसले गरायो ? यो अराजक थियो उसका अगाडि पार्टीका सिद्धान्त, नीति, विचार कार्यक्रमले अर्थ राखेन । उसको एक्लो निर्णय एमालेमा लादेर बा भने जस्तो अदालत र प्रशासनमा लाद्छु भनेर हुँदैनथ्यो । आज ओलीलाई संसद पुनस्र्थापना गरेर पुनः प्रधानमन्त्री बन्ने रहर हुनसक्छ । तर अवस्था त्यो छैन । त्यही कारण प्यादाहरू वामपन्थी एकताका कुरा गर्दैछन् । त्यो पनि सुन तस्करी, भुटानी शरणार्थी प्रकरण र निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न भएको निशाना सोझिएका अपराधीका बाबु मार्फत् । नेपाली कम्युनिष्टहरू यति कुहिने र सड्ने बन्नुको कारण नै जनता र राष्ट्र केन्द्रीत भागमा राखेर नगरिएको रणनीति हो । पितृ सत्तात्मक राज्य व्यवस्थाको संरक्षक केपी ओलीलाई पार्टी दस्तावेजमा के भन्छ मतलब नहुनसक्छ । तर संगठनहरूमा ओलीकै भजन गाउनेले बाहेकका एमालेले ठाउँ पाउँदैनन् भन्ने कुरा एन प्याब्सनको हालै सम्पन्न निर्वाचन हो ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल