Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अचाक्ली बढ्यो सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९४ हजार ९ सय रुपैयाँ पुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको छ।