Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अजोडको सेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । अजोड इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकरण भएको छ । हालै अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिसेयर अङ्कित तथा चुक्ता मूल्य रू. १००।– कायम भएको १,००,००,००० कित्ता सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारणसमक्ष एनआईबएिल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक)मार्फत् ३०,००,००० कित्ता साधारण सेयर खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ३०,००,००० कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको ७०,००,००० कित्ता सेयरसमेत गरी जम्मा १,००,००,००० कित्ता सेयर वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

सेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र मुख्य प्रबन्धक कम्पनी सचिव वैद्यनाथप्रसाद उपाध्यायसमेतको सहभागिता रहेको थियो ।