Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अझै टुंगिएन नेपालीलाई स्वदेश फर्काउने विषयत

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको चीनमा रहेका नेपाली स्वदेश ल्याउने विषय अझै टुंगो लागेको छैन । चीनस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहेका नेपालीको नामावली संकलन गरेको एक साता वितिसक्दा पनि उनीहरुलाई कहिले ल्याउने भन्ने विषय अझै अन्योल छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनमा रहेका नेपालीलाई स्वदेश ल्याइने मिति तय गरिने भनिएको थियो । तर, मन्त्रिपरिषद् बैठकमा पनि चीनमा रहेका नेपाली स्वदेश ल्याउने विषयमा छलफल भए पनि कहिले ल्याउने भनेर मिति तय हुन सकेको छैन ।
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अस्ट्रेलिया, श्रीलंका, बेलायत लगायतका देशहरुले आफ्ना नागरिक स्वदेश लगिसकेको छन् । सबै देशले आफ्ना नागरिक चीनबाट लगेपछि नेपालले पनि आफ्ना नागरिक स्वदेश ल्याउने विषयमा छलफल भने जारी नै राखेको छ । गत माघ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटन मन्त्रालयका मन्त्री तथा सचिवहरुको उच्चस्तरीय बैठकले चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याउने निर्णय गरेको थियो ।
कोरोना भाइरस फैलिएको वुहान, हुवेई लगायतका क्षेत्रका १ सय ८० जना नेपालीले स्वदेश फर्काउन आग्रह गर्दै गत आइतबार नै चीनस्थित नेपाली दुतावासमा निवेदन दिइसकेका छन् । चीनमा रहेका नेपालीले दूतावासमा निवेदन दिएको एक साता पूरा भइसक्दा पनि उनीहरुलाई कहिले स्वदेश ल्याउने भनेर सरकारले अझै निर्णय लिन सकेको छैन ।
चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावकहरु यतिबेला विभिन्न मन्त्रालय र मानवअधिकार आयोगसम्म पुगेर आफ्ना छोराछोरीको उद्धारका लागि भौतारिरहेका छन् ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल