Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अझै पनि आशा गर्दैछन् यिनले एकताको

काठमाडौं। एमालेभित्र दुई गुटको नेतृत्व लिएका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको अहंकारका अगाडि दोस्रो पुस्ताका नेताको केही लाग्थ्यो भने पार्टी विभाजनको अवस्थामा पुग्ने थिएन । एमाले विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई आग्रह गरेका छन् । शुक्रबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा केन्द्रीय सदस्य र सांसदहरुको छलफल यस्तो निष्कर्षमा पुगेको नेता गोकर्ण बिष्टले जानकारी दिए। दल विभाजन गर्न ल्याइएको अध्यादेशको विरोध जारी राख्ने निष्कर्ष पनि छलफलबाट निस्केको उनले बताए। एमाले विभाजनबाट रोक्न अध्यक्ष केपी ओली पनि लचक र जिम्मेवार हुनपर्ने उनीहरुको भनाइ छ। दल विभाजन गर्ने अध्यादेशले नेपालको संविधानलाई खिल्ली उडाउने काम गरेको भन्दै पार्टीलाई एकतावद्ध पार्ने प्रयत्न जारी राख्ने निर्णय भएको गोकर्ण बिष्टले बताए। केपी ओली र माधव नेपाललाई भेटेर आफ्ना भनाइ राख्ने उनले जानकारी दिए। नेता भीम रावलले आजको सबै निर्णय समेटेर संयुक्त वक्तव्य निकाल्ने जानकारी दिए। आजको बैठकमा ५७ जना केन्द्रीय कमिटी सदस्य र सांसद उपस्थित भएको बिष्टले बताए।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल