Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई निःशुल्क पिपिपई उपलब्ध गराउने भएका छन्। काठमाडौंका एम्बुलेन्स चालकलाई यसअघि नै पिपिई उपलब्ध गरेका पुनले आइतबार सूचना गर्दै अब जोखिममा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि पिपिई दिने बताएका हुन्। उनले पिपिई माग गर्दै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीबाट पनि माग आएको बताएका छन्। उनले भनेका छन्, अति आवश्यक हुनेहरु मात्र पिपिई लिन आउनुहोला। आफ्नो परिचय पत्र ल्याउनु नभुल्नु होला। अस्पतालमा काम गर्ने इन्टर्न, रेसिडेन्ट डाक्टर, नर्सहरुले अस्पतालको प्रशासनले पिपिई दिन नसकेको गुनासो गरेपछि आफूले यस्तो निर्णय लिनुपरेको उनले बताएका छन्।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल