Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अति भएपछि बाबुराम पनि मृत्युदण्डको पक्षमा

काठमाडौं । बलात्कार र हत्याका घटनाले समाजलाई आतंकित बनाइरहेको बेला पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठाएका छन् । भट्टराईले आइतबार साँझ ट्वीट गर्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने धारणा अघि सारेका हुन् । नेता भट्टराईले बलात्कारका घटना हुन नदिन कानूनी सुधारको आवश्यकता रहेको भन्दै मृत्युदण्डको बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग राखेका हुन् । बझाङकी बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको सन्दर्भलाई जोडेर डा. भट्टराईले बलात्कारीलाई मृत्युदण्ड हुनुपर्ने माग राखेका हुन् ।
नेता भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘राजतन्त्र कालका नमितारसुनितादेखि गणतन्त्र कालका निर्मला पन्त–सम्झना विकसम्मको बलात्कार र हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टि भैसक्यो। अब यसो गरौंः १. अपराधी नपक्रने–मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही। २. अदालतमा छुट्टै बेन्चको स्थापना, ३. अपराधीलाई मृत्युदण्ड ।’