Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अदालतको बदनामी, न्यायमूर्तिको सलामी

काठमाडौं । राजनीतिक नेतृत्व स्वच्छ र निष्ठामा चल्थ्यो भने देशको अवस्था अहिलेको भद्रगोलसम्म पुग्ने थिएन । भ्रष्टाचारी र हत्याराले सफाई पाउने नेपालका अदालतलाई कस्ता न्यायिक चरित्रले हाँकेका छन् ? यिनको कार्यक्षमता र बौद्धिकता कस्तो छ ? त्यो देखियो । गोपाल पराजुली आफैं चर्चामा थिए । दामोदर शर्माको समयमा सर्वोच्च भित्र बिचौलियाको ढलीमली भयो । अदालतले कानुन मिच्छ नेताले सिद्धान्त त्याग्छ र प्रतिष्ठा बिर्सन्छ, कर्मचारी अनुशासनमा बस्दैन । सेना, प्रहरी जस्तो फौजी समूह कमाण्डमा चल्दैन भने यो देशको व्यवस्था सुदृढ हुन्छ कसरी ? अहिले त्यही भएको छ । त्यसैले घुस लिँदै न्याय मार्ने काम न्यायिक क्षेत्रले गरेको छ । यतिखेर न्यायपरिषद्मा परेका २०३ उजुरीमध्ये ८७ उजुरी तामेलीमा पठाइएको छ भने एकजनालाई सचेत गराई बाँकी ११५ छानविनको क्रममा रहेका छन् ।
बलात्कार पीडितलाई अन्याय गर्ने बलात्कारीलाई न्याय दिनेहरू न्यायिक क्षेत्रमा छन् । चोलेन्द्रले श्रीमतीका हत्यारालाई कैद माफी दिँदा निकै चर्चा भयो । बिचौलिया र माफियाकरणमा जोडिएकाहरू र उनीहरू निलम्बनमा पर्दा श्रीमतीका हत्याराको पुनः जेलको बास भएको छ । बहुविवाह सम्बन्धी मुद्दामा पीडकको पक्ष लिएका न्यायाधीश जवहारप्रसाद सिंह, कपिलवस्तुमा हुँदा पनि विवादमा परे जुम्लामा गएपछि क्रान्तिकारीनै भए । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला, इच्छाराज तामाङका वकिल रुद्र पोखरेलको रु १० करोड धरौटी र २ करोड भागवण्डा गर्ने अडियो टेपले थलिएका छन् । काठमाडौंकै अर्का न्यायाधीश अम्बिका निरौला होउन् वा बद्रिप्रसाद ओली । ओलीले बाँसबारी महाराजगञ्जको छ रोपनी सरकारी जग्गा भूमाफिया गिरोहको पैसा खाएर व्यक्तिलाई दिलाउने फैसला गरे । पर्सामा रहँदा पनि सर्वोच्च अदालतले प्रतिवादन गरेको सिद्धान्त विपरित काम तिनले गरेका हुन् । बाँसबारीको जमिन, विद्यालयसँगै जोडिएको छ । जो बलात्कृत छ उसैलाई जेल सजायँ तोकेर पीडकलाई छूट दिने आछामका तत्कालिन न्यायाधीश नविन कुमार जोशी अर्का बहादुर हुन् । उनले पीडित महिलालाई ३ वर्ष ६ महिनाको जेल सजायँ तोकेर पैसा खाएका थिए । काठमाडौं जिल्लाका अर्का न्यायाधीश अम्बिका निरौला अपहरणकारीलाई सफाई दिने बहादुर हुन्, उनले भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण गर्ने दुर्गा बुढाथोकीलाई रिहा गराएका हुन् । ०६५ को घटना ०७७ सालमा प्रहरीले भारतको दार्जिलिङमा पक्रेर उनलाई ल्याएको थियो । न्यायिक क्षेत्र कुईगन्धे भएको परिणाम निरौलाले देखाए । रक्सी पिएर होस गुमाएकाले चलाएको गाडीको ठक्करबाट बिहानीको समयमा पूजाको थाली हातमा लिएर मन्दिरबाट घर फर्किदै गर्दा हात्तिगौडामा ठक्कर दिएर एक महिलाको मृत्यु भयो । त्यो मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीले मृतकको विपक्षमा फैसला गरे । जबकि गाडी चालकको सवारी चालक अनुमतिपत्र पनि थिएन ।
न्यायिक क्षेत्र बढी बदनाम गराउने राजनीतिक दल र त्यसको नेतृत्व हो । लोकतन्त्रले नेता भ्रष्ट बनायो, कार्यकर्ता लुटाहा भए । राजनीति अस्थिर भयो, सामाजिक चेतनाको खडेरी नै लाग्यो । नेता नैतिकरुपमा पतन भएका छन् । जनताले आस्था राख्ने कानुनी मर्यादा र विधिको शासन चलाउने नाममा देशद्रोहीहरूको सम्मन हुने भयो तर सडकमा मकै पोलेर जीवन धान्नेमाथि महानगरको अत्याचार बारम्बार भएको छ । लोकतन्त्र, संघीयता र गणतन्त्रको बदनाम भएकै छ । अपराधीमाथि कारबाही नहुने लोकतन्त्रमा कस्तो कानुनी राज र विधिको शासन चल्छ ? नेता काँग्रेस, कम्युनिष्ट पतन हुँदा अदालती न्याय कसरी जाग्ला खै ? न्यायापरिषद्कै जिम्मामा सबै सुम्पेर व्यक्तिको नैतिकता अडिँदैन । जनताले विश्वास गर्ने संसदीय व्यवस्था नै बदनाम छ । अदालतहरू सबै बदनामका घर बन्दैछन् । उच्च अदालत र पुनरावेदन मात्र होइन विशेष अदालत, जिल्ला अदालत समेत बदनाम भएका छन् । अख्तियारले भ्रष्टाचारी समाएको हल्ला गर्छ तर त्यसको अनुसन्धान फितलो हुन्छ कि अपराधीले सेटिङ मिलाएर विशेष अदालत किन्छ ? त्यसको फाँटबारी कसैले खोज्दैन । जनताले विश्वास गर्ने कानुनको पालना हुने भनिएका स्थानहरू यतिबेला बदनाम भएका छन् । जतिबेला व्यवस्था बदलियो अवस्था बदल्न बाँकी भएको एजेन्डा लिएर माओवादी आन्दोलित छ । सत्ता काँग्रेस र एमालले ०४९ सालदेखि भागवण्डा गरे । न्यायिक क्षेत्रलाई भ्रष्टाचार गर्न सहज हुने बाटो बनाए । न्यायपरिषद्मा अध्यक्ष प्रधानन्यायाधिश, प्रधानमन्त्री, विपक्षी दलको नेता सभामुख, राष्ट्रियसभाका अध्यक्ष सदस्य बनाएर भागवण्डाको न्यायाधिश नियुक्ति गराउनु नै कानुन बेच्ने र खरिद गर्नेहरूको प्रतिस्पर्धा चल्यो । राजनीतिक मियो भ्रष्टाचार, कमिशनमुखी, बिचौलिया हावी बनाइयो । कम्युनिष्टहरू हावाका विकास गर्ने भए । सरकारको सम्पत्तिमा लुट मच्चाएकै थिए र छन् । मुलुक दशेभक्त नागरिक नहुँदाको फल अदालतहरूमा अपराधीकै सेबक बन्न रुचाउनेहरूको प्रतिस्पर्धा चल्यो । राजकुमार कोइराला, अम्बिका निारैला, बद्रीप्रसाद वली, सूर्यकुमार अधिकारी, नविन जोशी, जबहरप्रसाद सिंह नमूना हुन् । यिनका गुरु हुन् दामोदर शर्मा, चोलेन्द्रसमशेर जबरा, गोपाल पराजुली । तिनीहरूलाई नियुक्ति दिलाउने नेपाली काँग्रेसकै नेता हुन् ।