Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अदालती आन्दोलनको नियती के ?

काठमाण्डौ । सर्वाेच्च अदालतमा भ्रष्टाचार बढेको बताउने कानून विज्ञ शम्भू थापा यतिखेर चर्चाकोे शिखरमा छन् । अदालतमा भ्रष्टाचार बढ्यो भन्दै गर्दा उनी आफैले कुन कुन न्यायधिसलाई पैसा दिएर आफ्नो पक्षमा फैसला गराए त्यो कुरो उनै जान्दछन् । तर प्रसङ्ग सर्वाेच्चमा चर्केको आन्दोलन र जोडिएको घुसखोरीसँग हो । आफ्नो काम फत्ते नहुँदासम्म चुप बस्ने आफू भन्दा अरुले बढि बुझाएर न्यायिक फैसला गराउँदा रिस पोख्ने वरिष्ठहरु सर्वाेच्चमा धेरै छन् । कतै उनीहरुकै तारतम्ब्यबाट अदालतले दिने फैसलामा खोट त छैन ? शंका यहाँ बढेको छ ।

किनकी न्यायधिसहरुलाई घुस्याहा बनाउने कानून व्यवसाहीहरु हुन् । तीनै कानून व्यवसायीहरु अहिले आन्दोलनको नेता बनिरहेका छन् । न्यायिक क्षेत्रमा लामो क्षेत्र बिताएका वरिष्ठ अधिवक्ता यो आन्दोलनबाट तर्कनुको कारण घुस खाने र घुस बुझाउने बिचको लडाँइमा साँक्षी बस्न नचाहेर त होइन । कुरो यहाँ गहिरो बन्दैछ । काँग्रेस माओवादी र नेकपा समाजवादीको नेतृत्वले नबुझेको विषय सर्वाेच्च अदालत भित्रको कलह हो । सरकार पक्षका पेशाकर्मी वकिलहरुले अदालत र बारको बीचको लडाँइलाई किनारा लगाउन सकेनन् भने अब नेकपा एमालेको ओली पथको योजनामा देश जान्छ ।

काँग्रेसलाई यस्ता कुराले छँुदैन । काँग्रेसको देउवा समूह सरकार र सत्ताको नायक छ । उसलाई अब सत्ता प्यारो छ । राजनीति रुपमा अदालतभित्रको लडाँइमा प्रचण्ड र ओलीलाई दाँजिन्छ । संकटमा प्रचण्ड नै संकट समाधानको उपायमा छन् । एमालेको ओली ब्राण्डले चलाएको आतंकभित्र अहिलेको अदालती राजनीति कता पुग्यो ? जबकी त्यहाँको टीम फुट्यो ।

प्रम देउवाको निर्णयक क्षमता छैन । उनले ओली झै डिजाईनको संसद भंग हुँदा पनि साथ दिए त्यहाँ कृष्ण सिटौला पनि दर्शक थिए । सिटौला भारतका दलाल भएकोले त्यो बेलाको संसद भंगको रौनक थियो । जब दोस्रो पटक पनि संसद भंग भयो । संसदमा प्रवेश भएका कानून थुनिए विधेयक थन्कीए सरकार बनाउने ठाँउ हुँदा हुँदै ओलीले पहुच देखाए त्यसपछि देउवा प्रधानमन्त्री बन्न पाए संसद भंग विरुद्धको योजनामा सरिक भए ।

पदका लागि शेर बहादुर देउवा र केपि ओली एकै हुन् । प्रधानमन्त्री ५ वर्ष तपाँइ हुनुहोस् पार्टी म चलाउँछु भन्दा नदिने त ओली हुन् । प्रचण्डले प्रम पद त्यागे ओलीले आँफू दुवै पदमा लाग्नु नै बहादुरी ठाने । एमाले सुदृढ पार्टी भन्ने नकचराहरुले यो सत्य थाहा पाएका थिए । घनश्याम भूषाल योगेश भट्टराई, गोकर्ण विष्टको तालमा भिम रावलको नाचको अर्थ छैन । यहाँ अष्ट लक्ष्मी शाक्य सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीहरुले अदालती लविङ्ग गर्दैनन् । सुरेन्द्र पाण्डेले आश गर्नुको अर्थ छैन । तर योजना सफल पार्न ओलीको डिजाइन सफल हुन्न प्रचण्डको कमाण्ड राष्ट्रिय राजनीतिमा छ ।


सम्बन्धित समाचार