Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चुरो केही छैन । अदालतले विशेष महाधिवेशन गर्न पाउँदेन भन्दैन । पार्टीको विधानले दिएको अधिकार प्रयोग गर्दा गगन र विश्वप्रकाश अराजक हुँदैनन् । बरु स्वार्थमा रमाउने र सधैं हामी नेता भन्ने झुसिलकिरा र गोब्रे करिा रुपी चरित्र खरब छन् । काँग्रेसको रैथाने पुस्ता पार्टीलाई सक्रिय र सहज बनाउनुपर्छ भन्ने मान्यता राख्दैन भन्ने कुरा १५औं महाधिवेशन रोक्न र आफैं वैधानिक भन्न अदालतलाई दबाव दिनुले पुष्टि गर्छ । अब पनि पुस्तौली राजनीतिले पार्टी समय अनुकुल बनाउँदैन भन्ने ज्ञान ८० वर्षका शेरबहादुर देउवालाई छैन । देउवा ५ पटक प्रम भए । उनको सत्ता काल उनीहरूका लागि फाइदा भयो जुन काल मिलिजुली हजम गर्ने थियो । जनताले गणतन्त्रबाट पाएको उपलब्धी बेरोजगारी, महंगी, अभाव र कष्ट हो । यो समयमा काँग्रेस आफैं विभाजित छ । भोलि देउवा उमेरले थन्कँदा उनलाई आज उचाल्नेको हालत कस्तो होला ? अदालतले काँग्रेसलाई फागुन २१ अगाडि लैजान सक्दैन । चुनावमा देउवाको टोली समानुपातिक सूचिमा धेरै थिए । तर ती सबै आज तितरबितर भएका छन् । चुनदेवी समूहका भ्रष्टहरूका कुरा स्वार्थी छन् । तिनले कोइराला वंशमाथि कालो धब्बा नै लगाए । त्यहाँ विवादमा नपरेका पूर्णबहादुर खड्का, डा. शेखर कोइराला मात्र हुन् । खड्का शासक भए उनी माओवादीप्रति अत्यन्त पूर्वाग्रही छन् । उनी जस्ता काँग्रेसी धेरै छन् । तर उनीहरू बदनाम छन् । भ्रष्टाचार काण्डमा लागेका विजय गच्छदारलाई अब उमेरका कारण थान्को लगायो । तर समान उमेरका विमलेन्द्र निधि र प्रकाशमानलाई गगन विश्वले नगन्दा रिश उठेको हो । काँग्रेस यसरी थलिन्छ भन्ने थिएन । नेतृत्वले समय अनुकुल चल्छ भन्ने थियो । अदालतले हेर्ने के हो ? विधान हेर्ला, संसदीय दलको पहिचान बुझ्ला, महाधिवेशनको तयारी थाहा छँदैछ । विशेष महाधिवशेन हुँदै हुँदैन भन्न विधानले दिँदैन । क्रियाशील सदस्यको व्यवस्थापन अवैध भन्दैन । १० वर्ष शेरबहादुर देउवाले पार्टी चलाएका बेला भगिनी संगठनले निर्वाचित नेतृत्व पाएका थिएनन् । टिके प्रथाले पार्टीमा जागरण ल्याउँदैन । आफ्नो स्वार्थ पूरा गर्न जसरी धमिराहरूले पहल गरे त्यसले पार्टी बनेको छैन । अब अदालतले देउवा नै सभापति होे भन्न सक्दैन । किनकि विधानको व्यवस्था कानुनी आधार छन् । यिनलाई देशको बारेमा चासो छैन । समस्याको चाङ हिजो जस्तो थियो आज उस्तै छ । जनताले विपक्षीसँग ठूलो अपेक्षा गर्छ । काँग्रेस हिजोसम्म संसदीय अभ्यास, कानुनी राज, विधिको शासनप्रति बफादार शक्ति त हो तर त्यसले आफ्नो दायित्व पूरा गरेन । पार्टीमा नेतृत्वको कलहले नयाँ एजेन्डा नयाँ नीति बनाउन कसैले मेसो पाएको छैन । चुनाव आउँदामात्र जनता खोज्ने अघिपछि वास्ता नगर्ने शैली अराजक, स्वार्थी र पद लोलुपता हो । देउवालाई अझै तपाईं नै हाम्रो नेता हो भनेर सभापतिको बोर्ड बनाएर सजाउने कान्छाराम छामाङ, मोहन बस्नेतको हैसियत के हो ? गुटको भरमा ती केन्द्रीय सदस्य भए होलान् तर तिनले विधान पढेको जस्तो लाग्दैन । देशको व्यवस्था के हो ? संघीयता, गणतन्त्र र समावेशीताका कुरामा आज काँग्रेसमा बहस छैन । प्रदेश खारेज गर्ने आवाज उठेको छ । मधेशवादी तहस नहस भएको कारण सत्ता स्वार्थ नै हो । जनमत त्यो मधेशमा विमलेन्द्र र उमाकान्त जस्ता भष्मासुरले धान्न सक्दैनन् । आफ्नै घर गाउँमा पत्याउन छाडेका यीबाट पार्टी सुध्रने आशा टुटेकै कारण विशेष महाधिवेशन आयोजना भएको हो । पाएको पद छाड्न नसक्ने प्रवृत्ति काँग्रेस, कम्युनिष्टमा मात्र होइन पूर्व पञ्चहरूमा पनि छ । सबै दलको नेतृत्व छिमल्नु पर्ने अवस्था छ । किनकि उनी पुरानो स्वभावबाट अब कतै चल्दैन । तर पुरानो नेतृत्व पद छोड्न र पुस्तान्तरण गर्न सक्दैन । आफ्नो उत्तराधिकारीहरू बनाउन कसैले सकेनन् । काँग्रेसले अदालती आड खोजेर जनताका अगाडि नांगै बन्न रुचाउँदा एमालेका केपी ओलीले विकल्प खोज्नेलाई आवारा, उरन्ठेउला, किर्ना नाम दिएका छन् । यो हदसम्म प्रचण्ड जान सकेका छैनन् । त्यहाँ कार्यकर्ताले पत्याउने उत्तराधिकारी छैनन् । डा. बाबुरामलाई नेतृत्वको रहर थियो सपना अधुरै भयो । जनार्दन हिँडे, नेत्रविक्रम हिँडे तिनको हैसियत जनताले देखाइदिएकै छन् । सिद्धान्त अनुसार सबै पार्टी चल्नुपर्छ । योजना सफल पार्न एकता चाहिन्छ । हामी मात्र ठिक अरु बेठिक भन्दा आफैै रित्तिने अवस्था काँग्रेसको वंशवादलाई आउँछ । जसले सफल राजनीतिको इँटा थप्ने काम गरेन । एमालेमा त्यस्तै छ । ठूला भनिएका हिजोका महाजन र आजका खराने समूहमा अन्तर देखिएन । जनताले भिन्नता देखेकै हो । पुराना भन्दा हामी सफा भन्नैपर्दैन । किनकि काँग्रेसले देखाएको आजको जात्रा हिजो पनि थियो । गिरिजाले अन्याय गरे, राजाले न्याय गरे भन्दै ज्ञानेन्द्रको सेवक देउवा बन्दा एमालेको हालत देखिएकै हो । आजका बालेन्द्रमा पनि त्यही रोग सरेको छ ।
२०८३ भाद्र १८
ताजा नेपाल
२०८३ भाद्र १८
ताजा नेपाल
२०८३ भाद्र १७
ताजा नेपाल