Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अधिकारीले देखाए कपिलवस्तुमा काम

कपिलवस्तु । १९३ किलोमिटर खुला सीमा रहेको कपिलवस्तु क्षेत्रमा तस्कर र पोके, गुण्टे नियन्त्रण गर्ने अभियान चलाएको प्रहरीले यस पटक राम्रै जस लिएको छ । प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खुला सीमाको फाइदा उठाउँदै खाद्यान्न, कपडा, मेसिनरी सामान, चौपाया तस्करी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रण गरिरहेको छ ।

कात्तिक महिनामा मात्र प्रहरीको सक्रियतामा ३ करोड भन्दा बढी मूल्य बराबरका अवैध सामानहरु पक्राउ गरी गरी भन्सारमा बुझाइएको छ । पछिल्लो पाँच वर्षको अवधिमा कपिलवस्तुमा यो ठूलो उपलब्धी मानिन्छ । अवैध मालसामान पक्राउ गरी भन्सार चलान गर्ने काममा उपरीक्षक अधिकारीले प्रत्येक युनिटलाई परिचालन गरेका छन् ।

सीमा क्षेत्र भएको नाताले शान्ति सुरक्षाको स्थिति पनि मजबुद बनाउनुपर्ने दायित्व सुरक्षा निकायको काँधमा आएको छ । ०७६÷०७७ को यो अवधिमा १ करोड २ लाख १९ हजार रुपैयाँ बराबरको भन्सार छली गरेका सामानहरु प्रहरीले समातेर भन्सारमा बुझाएको उपरीक्षक अधिकारीले बताएका छन् । चालु आर्थिक वर्षको यो अवधिमा प्रहरीको सक्रियताबाट भन्सार छली गर्नेहरुको अभियानलाई नियन्त्रण गर्न सफल भएको स्थानीय जनप्रतिनिधिहरु पनि बताउँछन् ।


सम्बन्धित समाचार