Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यक्षद्वयद्वारा बालुवाटारमा सांसदहरुसँग छलफल

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेकपाका अध्यषद्वयले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँग छलफल थालेका हुन् । पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा नेकपाका सांसदहरुसँग अध्यक्षद्वयले छलफल गरिरहेका हुन् । अध्यक्षद्वयले सांसदहरुसँग प्रदेहस्तरीय समूहमा छलफल गरिरहेका छन् ।
सुदूर पश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमशस् सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म गरिने बताइएको छ । सोमबार जारी भएको दुईवटा अध्यादेश कोरोना भाइरसविरूद्दको लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको बताइन्छ । पार्टी विभाजन गर्नका लागि संसदीय दल वा केन्द्रीय कमिटी मध्ये एकमा ४० प्रतिशत भए पुग्ने गरि अध्यादेश जारी भएसँगै नेकपामा फुटको सम्भावना रहेको चर्चा चलिहरको छ । पूर्व एमाले र माओवादी पक्षका नेताकार्यकर्ताहरुसमेत एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका समयमा अध्यक्षद्वयले आफ्ना सांसदहरुसँग छलफल थालेका हुन् ।


सम्बन्धित समाचार