Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यक्ष ओली जेलिँदै सुस्ताउँदै

काठमाडौं । एमालेमा अब अध्यक्ष केपी ओलीको स्वार्थ मात्र पार्टी भन्ने अवस्था रहेन । आफ्ना आलोचकमाथि प्रहार गर्दा बहुमतको सहारा लिने तर सरकारको कुनै पनि निर्णयमा पार्टीलाई सहभागी नगराउने ओली ब्राण्ड उनकै व्यवहारले भत्केको हो । टोपी लगाएर मात्र राष्ट्रवादी भइँदैन, जबजको सिद्धान्तलाई त्यागेर गुटमा रमाउँदा मुलुक बन्दैन भन्ने कुरा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले व्यक्त गरेका छन् । मदन भण्डारीले स्थापित गरेको जनताको बहुदलीय जनवादी लाइनलाई दलाल, माफिया र एजेन्टको हितमा प्रयोग गरेर अध्यक्ष केपी ओलीबाट चलाइएको एकल हैकमको विरुद्ध एमालेमा जुटेको युवाहरू धेरै छन् ।
विद्यालाई पार्टीमा रोक्ने र तेस्रो पटक सर्वसम्मत अध्यक्ष हुने ओली डिजाइनको पछि लागेका अर्थमन्त्री एवं उपाध्यक्ष विष्णु पौडेलको मन्त्री पद जोगिएको छ । महासचिव शंकर पोखरेलको दाउमाथि प्रहार हुँदैछ । पार्टीका उपाध्यक्षहरूलाई काम विहीन बनाएका अध्यक्षले हिजो उनैलाई साथ दिएका कर्ण थापा, गोकुल बास्कोटा जस्ता धेरै युवाहरूको साथ छाडेका छन् । पार्टीले जिम्मेवारी नदिए पनि आफू एमालेमा रहेर जबजको मार्गदर्शन सिद्धान्तमा रहने प्रतिबद्धता विद्याको छ । लोकतन्त्र, गणतन्त्रात्मक व्यवस्थामा राज्यका संयन्त्र सुधार्ने काम पनि भएन । एमालेभित्र जबजका विरुद्ध काम भएका छन् । त्यो विचारको सान्दर्भिकता छ छैन सफल हुन सक्छ । आफ्नो मात्र पहुँच र स्वार्थमा केन्द्रीत हुँदा पार्टी अध्यक्षबाट लादिएका निर्णयलाई सहज रूपमा गुटको खेतीमै केन्द्रीत भयो । आज एमालेमा कमल ओली, दुर्गा प्रसाई केन्द्रीय सदस्य हुन्छन् झापा आन्दोलनका नारद भारतद्वाज, घनेन्द्र बस्नेतहरू ओझेलमा पारिएका छन् ।
एमालेको दशौं महाधिवेशनपछिका पार्टी गतिविधि विवादित छन् । मिलेका वापमन्थी छिन्नभिन्न पार्ने काम केपी ओलीकै व्यवहारले भएका हुन् । मिशन ०८४ एक्लै चुनावमा जाने घोषणा गरेको एमालेको ओली गुटले आगामी चुनावमा काँग्रेससँग भित्रभित्र सहमति गर्ने योजना नै बनाएको चर्चा छ । ठूला पार्टीमा देखिएको गुटगत स्वार्थले अन्तरपार्टी संघर्ष चल्दा साना नयाँ शक्तिहरू संसदमा देखिए । तीनमा पनि सहकारी गठी, भूमाफियासँको सम्बन्ध पार्टी कार्यालय आफ्नै सम्पत्ति बनाउने दाउले आक्रोश र विद्रोह निम्त्याएको छ ।
ठूला दलका नीति, सिद्धान्त, विधि र विचारले लोकतन्त्रमा बदनामी कमायो । नेता नै भ्रष्ट भएपछि कार्यकर्ता शुद्ध खोजेर पाइँदैन । काँग्रेसको नेतृत्व स्वार्थी र सत्ता लम्पट छ । एमालेको ओली पथले त्यही ग¥यो । गुण्डाको परिचय बनाएकाहरूले पार्टीमा स्थान पाए, पुराना नेता कार्यकर्ता ओझेलमा पर्दा आन्तरिक विद्रोह निम्तियो । सरकारी सेवा सुविधा त्याग्दै पार्टी नेतृत्वमा क्रियाशील हुन चाहँदा विद्या भण्डारीको सदस्यता स्थगन गर्ने अध्यक्ष ओलीको डिजाइन सरकारमा पनि सफल भएन भने पार्टी कसरी सफल हुन्छ ? पार्टी शुद्धिकरण गर्न सबै दलको जरुरी छ । यथास्थितिवादले राजनीतिमा फड्को मार्न सक्दैन । आज एमालेमा ओली पथको तानाशाहीपन हावी छ । यौन लम्पट पार्टी अध्यक्षकै संरक्षणमा हुँदा यौन पीडित महिला कार्यकर्ताको उजुरी सुनुवाई हुँदैन । त्यस्ता थुप्रै कारणले अध्यक्ष ओलीको छुद्रता विरुद्ध आक्रोश चर्किएको हो ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल