Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यक्ष ठाकुर भन्छन् जसपाभन्दा हामी नै बलियो !

काठमाण्डौ । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । अध्यक्ष ठाकुरले भने– हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी स्ट्रंग छौं ।’ लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सरदसिंह भण्डारी र राजेन्द्र महतो एकैपटक जनकपुर आएका छन् । उनीहरुको आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आज जसपाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु नयाँ दल रोज्नका लागि निर्वाचन कार्यालय पुग्दैछन् । यहीबेला लोसपाका ३ वरिष्ठ नेताहरुको आगमनलाई अर्थपूर्णरुपमा हेरिएको छ ।