Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्व पञ्चहरुको तीन झुण्डाको एकता हुँदा गीता छोएर अब पार्टी विभाजन गरिने छैन भन्ने कसम खाएका तीन अध्यक्ष यति खेर राप्रपा भित्र आलोचित हुँदै छन् । सत्तामा जाने विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अन्तरविरोध चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै राप्रपाभित्र अन्तरविरोध चर्किएको थियो ।
यस पटक समाजवादी पार्टीलाई प्रम ओलीले सत्तामा लगेपछि राप्रपालाई समेत तान्ने योजना बनाएका थिए । चुनावी सरकारको गृह मन्त्रालय जो कोहीलाई सुम्पन नचाहेका प्रधानमन्त्रीले राप्रपा अध्यक्ष कमल थापालाई परराष्ट्र तथा उपप्रम वा गृह दिने बारेमा छलफल गरिरहदा अहिले विवाद चर्किएको छ । तीन अध्यक्ष रहेको राप्रपामा प्रधानमन्त्री ओलीबाट भएको प्रतिनिधिसभा विघटनलाई हेर्ने नजरदेखि सरकारमा सहभागी हुनेसम्मको विषयमा दुई धार देखापरेको थियो । राप्रपामा कमल थापासहित डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा अध्यक्ष रहेका छन् । तीमध्ये कमल थापा एकातिर र लोहनी तथा राणा अर्को धारमा उभिएका छन् । विवाद सतहमै देखा पर्न थालेपछि पार्टीको एकता नै संकटमा पर्नसक्ने नेताहरुले बताउन थालेका छन् ।
लोहनी र राणाले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति सडक प्रदर्शन नगरेपनि विरोध गरेका छन् । तर थापाले ताजा जनादेशमा जानुपर्ने बताउँदै ओली नेतृत्वको सरकारमा सहभागी हुन सकिने संकेत गरेका थिए । आज एकाएक यहि विषयलाई लिएर तिन अध्यक्ष बिच छलफल हुँदा अध्यक्ष थापाको उपप्रम सहित परराष्ट्र वा गृह मन्त्रालय हाक्ने सपना तुइएको छ । थापाले आफू च्यापमा परेको प्रतिकृया दिएका छन् । उनको यो प्रतिकृयाले राप्रपालाई विभाजन तर्फ धकेलेको छ ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल