Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अध्यागमनकै कर्मचारीले सुन तस्करलाई सघाएपछि सेनाको लापरबाहीले विमानस्थलको सुरक्षा चुनौती थपिएको छ । नासु लक्ष्मण हुमागाई तस्कर सघाउने कर्मचारी भएको प्रहरीले पक्राउ गरेपछि पुष्टि भएको छ । विमानस्लको पहिलो घेरा नेपाली सेनाको हो । फागुन ९ गते राति ११ बजे रौतहटका १८ वर्षे युवा हस्पम अलाम दोस्रो पटक वायुसेवा निगमको वाइडबडी विमानबाट कतार जाने रहरमा टिकट र भिसा बिना जहाजको सीटमा बस्न पुगेका थिए । प्रहरीले सुरक्षाका लागि जति नै खोके पनि विमानस्थलको सुरक्षा कमजोरीलाई त्यो घटनाले पर्दाफास गरेको छ । दुवइबाट आएका सुनसरीका कमल घिमिरे पक्राउ परे । प्रहरीको तर्फबाट सुरक्षाका निम्ति विमानस्थल कार्यालय र भन्सारलाई दिलाइएको सुझावको अर्थ भएन । घिमिरेले ल्याएको सुनको बाला ९८ लाख ८७ हजार पर्छ ।
जबकि पहिलो घेराको सुरक्षाको जिम्मा नेपाली सेनले लिएको छ । रौतटका ती युवा एक महिना अगाडि पनि यसरी नै जहाजमा पुगेका थिए । त्यो बेला घटना गुपचुप बनाइयो । यस पटक वायुसेवा निगमका सुरक्षाप्रमुख धु्रव थापा निलम्बनमा परे । सुन तस्करीलाई सघाएका अध्यागमन कर्मचारी प्रहरीको फन्दामा परेका छन् । कोटेश्वरतर्फको बारबाट विमानस्थल प्रवेश गरेका युवकलाई विदेशजाने रहर जाग्नुको कारण यसअघि म्यान पावर कम्पनीहरूले उनलाई सताएको पुष्टि हुन्छ । नेपालमा नेपालीहरूले नेपालीहरूलाई नै ठग्ने पेशा भनेको वैदेशिक रोजगारी हो । ठगहरूले हरेक वर्ष सयौं युवालाई सताएका छन् ।
तीनलाई श्रम तथा रोजगार मन्त्रालयले कारबाही गरेको रेकर्ड छैन । सेना, सशस्त्र, प्रहरी, वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण, निजी विमान कम्पनी समेत गरी एयरपोर्टमा एक दर्जन संस्था छन् । प्रहरीकै सुझावमा विमान चढ्ने यात्रुको टिकटसँगै सम्पूर्ण विवरण समेत लिने गरेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान यात्रुलाई सुरक्षा जाँचको नाममा सताउने काम प्रहरीले गर्छ । तर भिम ढकालले नेतृत्व लिएपछि प्रहरीले धातुजन्य भन्दा लिक्वीडजन्य बनाएर सुन भित्र्याउने गिरोहलाई पनि समातेको छ । सुरक्षामा खटेको प्रहरीले ड्युटी अवधिभर मोबाइल समेत लिँदैनन् । भत्केपछि चासो लिने, छानविन गर्ने, समिति बनाउने तर रिपोर्टको कार्यान्वयन नगर्ने नेपाली चलन विमानस्थलमा पनि छ । टीम मिल्दा भन्सार छलेर किलोका किलो सुन भित्र्याउने चलन हिजो गृहमन्त्रालय र अर्थमन्त्रालयले चलाए ।
उपराष्ट्रपति पुत्र दिपेश पुनले चीनबाट आएका पूर्व अर्थमन्त्री वर्षमान पुनलाई स्वागत गर्न विनापास भीभीआईपी कक्ष हुँदै विमानसम्म पुगेको धेरै भएको छैन । तर यस पटक वायुसेवा निगमका सुरक्षा कमाण्डर धु्रवराज थापामाथि कारबाही भयो । जबकि उनले सुरक्षा जाँचपछि बोइङ पास लिएर विमानभित्र छिर्नेक्रममा यात्रुको जाँच गर्ने मात्र हो । विमानस्थलको आन्तरिक सुरक्षाको पहिलो निशाना नेपाली सेना हो ।
कोटेश्वरतर्फ विमानस्थलको धावन मार्ग विस्तारकोक्रम जारी छ । पेप्शीकोलातर्फको झाडीबाट आगलागी भयो भने विमानस्थलमा दिनभर आतङ्क हुन्छ । दुवईबाट आएका घिमिरे र अध्यागमनका नासु गुरागाईको सम्बन्ध के हो, प्रहरी छानविन गर्दैछ । एसपी हिमालय श्रेष्ठका अनुसार घिमिरेले दशवटा सुनका बाला ल्याएका थिए । शौचायबाट सो सुन पास गरिएको थियो । प्रहरीले कडीकडाउ गरे पनि अध्यागमनलाई त्यसले नछोएको संकेत हो यो । प्राधिकरणबाट विमानस्थलप्रमुख बनेर गएका प्रेमनाथ ठाकुरको कार्यकालको शुरुमै अध्यागमनका कर्मचारीले देखाएको यो बहादुरीप्रति धेरैले चासो लिन थालेका छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल