Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यादेशको विरोधमा शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई नभएकोे बताएका छन् । अध्यादेशमार्फत् कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गर्न नमिल्ने उनको भनाइ छ । सरकारले ल्याउन लागेको अध्यादेशबारे उनले भने, ‘अध्यादेशमार्फत कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानूनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई छैन ।’ उनले सरकारको कदमले भोलिका दिनमा गलत नजिर बस्ने प्रष्ट्याए । सरकारको कदमका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आपत्ति जनाइसकेका छन् । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सिके राउत, नेत्रविक्रम चन्द र रेशम चौधरी लगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।