Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अध्यादेश पारित गर्न प्रधामन्त्रीले के लगाए जुक्ति ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लगानी प्रवर्द्धन र आर्थिक गतिविधि सहज बनाउन ल्याएका अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित हुने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईको नेतृत्वमा गएका जिल्ला इन्चार्जहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश दुवै सदनबाट बहुमतले पारित हुने बताएका हुन् । एमालेका नेताहरूले मध्यराति साढे १ बजे प्रधानमन्त्रीसँग भेट गर्न पाएका थिए । भेटमा प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, नेताहरु आनन्द पोखरेल,पार्वत गुरुङ, मनोजजंग थापा, देवी ज्ञवाली, खेम लोहनीलगायत थिए । पार्टीको गतिविधिहरूबारेमा जानकारी गराएपछि एक नेताले राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुनेबारे जिज्ञासा राखेका थिए । जवाफमा ओलीले ‘केपी ओली भइन्जेल केही हुन्न,बेला आएपछि अध्यादेश टेबल हुन्छ र दुवै सदनबाट पारित हुन्छ’ भनेको एक नेताले नेपाल प्रेसलाई बताए । उनका अनुसार प्रधानमन्त्री ढुक्क देखिन्थे । जसपा र लोसपाले राष्ट्रिय सभामा साथ नदिए अर्को नयाँ राजनीतिक घटनाक्रम वा जुगाडको संकेत प्रधानमन्त्रीले गरेको ती नेताले बताए । यसबीचमा राजनीतिक दल सम्बन्धी अध्यादेश निष्क्रिय भएर सदनमा प्रतिस्थापन नभएका कारण विधेयक आउने सम्भावना समेत देखिएको उनले बताए । मधेशवादी दलहरू भूराजनीतिक दबाबमा परेको विश्लेषण भइरहेका बेला अर्को जुगाड के हुने भन्ने चाहिँ प्रष्ट छैन । भूराजनीतिक दबाबकै कारण सीके राउत र रेशम चौधरीले पनि अध्यादेश अस्वीकार गर्दै विज्ञप्ति निकाल्ने तयारी छ । लोसपाले अध्यादेशको विरोध गरेर सरकार नै छाड्नुपर्ने अवस्था आउन सक्ने भन्नु नै भूराजनीतिक चलखेलको नांगो प्रमाण भएको ती नेताले बताए ।


सम्बन्धित समाचार