Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अनलाईनबाट ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । सामाजिक संजाल ह्वाट्स ऐपमा अमेरिकाबाट आईफोन, ल्यापटप, मोवाईल, क्यामरा, घडी, श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर कौशलटार बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भएका २२ वर्षीय अमिर थापा र भक्तपुर कमलबिनायक बस्ने २४ वर्षीय अमन अवाल रहेका छन् ।

अनलाईनबाट विज्ञापन गरी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले एक महिनाको समयावधिमा ८ लाख रुपैयाँ भन्दी बढी रकम ठगी गरेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल