Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका सबैलाई अदालतको आदेशपछि जेलमा पठाइएको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाँणलाई भेटेका छन्। केन्द्रीय कारागार रहेका खाँणलाई भेटन परराष्ट्रमन्त्री साउद हिजो केन्द्रीय कारागार पुगेका थिए। बिहीबार दिउसो उनी केन्द्रीय कारागार पुगेर खाँणसँग भेटघाट गरेको कारागार स्रोतले जनाएको छ। ‘परराष्ट्रमन्त्री आउनु भएको करिब डेढ घण्टा उहाँसँग कुराकानी गरेर फर्कनु भयो’, कारागार प्रशासन स्रोतले भन्यो। भेटघाट कारागार प्रशासन कक्षमा भएको थियो। प्रशासन प्रमुखकै रोहबरमा भेटघाट हुनुपर्नेमा उनीहरुलाई कुराकानी गर्न छुट्टै कोठा उपलब्ध गराएको थियो। कांग्रेसको संस्थापन पक्षसँग निकट सम्बन्ध रहेका परराष्ट्रमन्त्री साउदले खाणसँग भेटघाट गरेको विषय अहिलेपनि कांग्रेसभित्र गोप्य राखिएको छ। परराष्ट्रमन्त्री साउदले उनीसँग के के कुराकानी गरे भन्ने बारेमा केही सार्वजनिक भएको छैन। तर उनले कारागारमा बसाईको अवस्थाबारे जानकारी लिएको स्रोतको दावी छ। साथै खाँणको मुद्दा, उच्च अदालमा अपिल गरिएको बारे र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ। खाँणले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिकै कारण आफू निर्दोष हुँदा पनि फस्नु परेको दुखेसो गरेको स्रोतको दावी छ।
खाँण र साउदबीच सम्बन्ध राम्रो भएकाले कांग्रेसको आन्तरिक राजनीतिबारे छलफल भएको र खाँणको कारागार बसाइले आन्तरिक राजनीतिमा पारेको प्रभावबारे पनि छलफल भएको थियो। खाँण नक्कली भूटानी शरणार्थी प्रकरणमा परेपछि कांग्रेसका उपल्लो तहका कुनै पनि नेताहरुले भेटेका थिएनन्। उनलाई तल्लो तहका कार्यकर्ताहरुले भने भेटघाट गरिरहेका थिए। माथिल्लो तह एवं परराष्ट्रमन्त्रीकै हैसियतमा उनलाई भेटघाट गर्ने साउद मात्रै हुन्। साउद सहभागी भएको सरकारले नै अनुसन्धान गरेको मुद्दामा खाँणलाई दोषी देखाएर काठमाडौ जिल्ला अदालतल पुपक्र्षका लागि थुनामा पठाएको छ। नेवि संघमा खाँण पनि साउद अध्यक्ष भएका थिए। उनीहरु दुवै कांग्रेसभित्रका प्रभावशाली नेताहरु हुन्।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल