Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अनुको सविनसँग बिहे भएको हो ?

सरकारले गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेपछि अभिनेत्री अनु शाह टिकटकमा बढि रमाएकी छन् । टिकटकमा प्रेमी अभिनेता सविन श्रेष्ठसँगको अभिनयले बढि चर्चा पाउने गरेको छ भने बेला बेलामा खाना बनाउँदा सविनले सिकाएको भिडियोलाई टिकटकका दर्शकले मन पराएका छन् । केहि समय अघि निषेधाज्ञाका समयमा अनुलाई सविनले घरबाट अनुको घर पुगेर गाडी कुदाउन सिकाउँदाको दर्शकको रोजाईमा परेको थियो । आफ्नै युटुव च्यानलबाट आफ्नो गतिविधिको बारेमा जानकारी गराइरहेका अभिनेता सविन र अनुको जोडीलाई दर्शकले रुचाएका पनि छन् । लामो समय देखि प्रेममा रहेका यि जोडीले ‘लक्ष्य र आधी बाटो’ फिल्ममा एकसाथ काम गरेका थिए । सविनको घरमा नै पुगेर अनुले खानेकुरा पकाएको र दुवैजनाले खाएको साथै रमाइलो कुराकानी टिकटक र युटुवमा छ्यास् छ्यास्ती देख्न पाइन्छ । उनीहरुको यो गहिरो प्रेमलाई निषेधाज्ञामा थाहा पाएका दर्शकहरुले सविन र अनुलाई विवाहका लागि सुभाव दिइरहेका छन् । सायद दर्शकको सुझावको या सरप्राइज आइतवार अनुले टिकटकमा सेतो रंगको कुर्थामा ‘को होला त्यो ?’ बोलको फिमेल भर्सनको गीतमा टिकटक बनाउँदा उनको सिउँदोमा सिन्दूर देखिएको छ । उनको त्यो सिउँदोमा सिन्दूर लगाउनुलाई दर्शकले के तपाईको सविनसँग विवाह भएको हो भन्ने खाल्का प्रश्नहरु गरिरहेका छन् । नेपाली समाज र परम्परा अनुसार विवाहित महिलाले मात्र सिउँदोमा सिन्दुर लगाउने चलन छ । अनुको सिउँदोमा सिन्दूर देखेपछि दर्शकले कहिले विवाह गरेको भन्दै बैबाहिक जीवनको शुभकामना समेत दिएका छन् । यस यसको जवाफ अनुले फर्काएकी छैनन् । अनु र सविन विवाह बन्धनमा बाँधिएका हुन् वा होइनन् ? भन्ने कुरा पक्कै पनि सविन कै युटुव च्यानल या टिकटकबाट थाहा पाइएला नि है ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल