Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सरकारले राष्ट्रियअनुसन्धान बिभागको प्रमुख पदमा यदु खरेल र यादब रेग्मी मध्ये एक जनालाइ नियुक्ति गर्न पुष २२ गते मन्त्रिपरिषदमा प्रस्ताब लैजादैछ । सुरक्षा अंगमा बरिष्टताको आधारलाई महत्व दिइन्छ । नेपाल प्रहरी,शसश्त्र प्रहरीमा यो निर्णय जस्तै भएकोले अनुसन्धानमा पनि यदु खरेलको नियुक्तिलाई पक्का पक्कि ठानिएको छ । राज्यको सुरक्षा संबेदनसिलतालाइ ध्यान दिने हो भने बिभागमा कामु दिएर हुदैन । किनकि त्यहा उप निर्देशक दुइ जना प्रतिस्पर्धि छन् तर खरेलको नौमहिना अबधि छ भने यादबको चार महिना । गणेश अधिकारिले आफ्नो तिन बर्षे कार्यकाल पुष २२मा पुरा गर्दैछन । उनलाइ ०६३ पछिका सफल निर्देसकका रुपमा प्रस्तुत गर्नेहरुका अनुसार सस्थाको इज्वत प्रतिस्ठा बचाउन उनि सफल भए । उनको समयमा बिभागले राष्टको संबेदनसिलता चक्नु परेन । बिभागमा उनले दखाएको बाटोमा नया निर्देशक हिड्नु पर्ने छ । किनकि सामुहिक नेतृत्वबाट चलेका संस्थाहरुमा सरकारको निर्देशन र आफ्रना नितिनियमहरुलाइ पालना गरिन्छ । अनुसन्धान बिभागजस्तो सस्थामात आफ्रना प्रमुखले देखाएको बाटोलाइ अनुसरण गर्नु उचित ठानिन्छ ।
गृहबाट प्रधानमन्त्रि कार्यलयमा पुगको बिभागलाइ पालिका स्तरसम्म जोडेर सुचना संकलन र राजनिति सग जोडिएका गतिबिधिका निगरानी गर्नु बिभागको दायित्व थियो । अधिकारीले सरुवात गरेको कामको रुपरेखाको जानकार खरेल रेग्मीमात्र थिइनन् त्यहा डिआइजिहरु हुतराज थापा हरिहर पौडेल कुलदेब थापा, शुनिल ढकाल, ओम जोशी,टेकेन्द कार्की पनि छन । यी ६मध्ये बाट एक जना एआइजि हुने हुल । यस पटक बढुवा हुनेले नौ महिना पछी बिभागको प्रमुख हुने छन । त्गही कारण पनि पहीलो बरीयतामा पर्न दौडधुप चर्कनु नौलो हाेइन । आर्थिक लोभमा नफस्ने हो भने संस्थागत इज्जत रहन्छ । प्रतिस्ठा बचाउन बिभागिय प्रमुखको हात हन्छ । अधिकारीले प्रतिष्ठा बचाए । सरकारले सुरक्षा निकायमा बरिष्टहरुबाट छनोट गर्ने परम्परा नतोडेको खण्डमा अनुसन्धान बिभागमा कार्य क्षमतामा कम्जोर हुँदाहुँदै खटेको ठाउबाट तिनमहिनामा बिभागमा तानिएका ओम जोशी प्रम देउवाको पुजारी पुत्र भएर योग्य हुने अबस्था आउँदैन । सरकारले सुरक्षा अंगलाइ हस्तक्षेप गर्दा नेपाल प्रहरीमा बिगतमा आरोपप्रत्यारोपको अभियान चलेको थियो । तर अनुसन्धान बिभागमा त्यस्तो स्थिति आउने छैन । त्यहा कामु र निमित्वको अर्थ छैन । मुलुकको राष्टिय संबेदनसिलतालाई जसरी बुझिन्छ नितिनिर्माणका योजना त्यसरीनै बन्दछन् । नेपाली सेना,नेपाल प्रहरी,शसश्त्र प्रहरी र राष्टिय अनुसन्धान बिभागलाई राज्यले दिलाएको कानुन अनुसार चल्न दिनेहो भने लकतान्त्रिक ब्यबस्थाको सुरक्षा अंगले आफ्नो कर्तब्य पुरा गर्दछ । शान्ति सुरक्षानै बिकास र सबृद्धिको पहिलो पाटो हो भने अराजकता र असान्तिलाई नियन्त्रण गर्ने सुरक्षा अंग हो । त्यही कारण गुप्तचरलाइ सकृय सक्षम बनाउन राज्यका राजनैतिक पक्षबाट हस्तक्षेप हुनु हुँदैन् । जेष्टता र बरिष्ठताको ख्याल राख्ने समय यही हो ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल