Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमाले ल्यायो विशेष योजना

काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ । उक्त योजना २०७९ चैत १ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ ।
योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गरिनेछ । ग्राहकलाई उक्त कार्ड वा क्यूआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० सम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक २०७९ चैत १७ सम्म गरिने कारोबारमा लागू हुनेछ ।
सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको जनाएको छ । सानिमा नारी बचत खाता बैंकको वेबसाइटबाट पनि खोल्न सकिने प्रमुख निक्षेप व्यवस्थापन रिटेल रमिला श्रेष्ठले जानकारी दिइन् ।
सानिमा बैंकको सातै प्रदेशमा १३० शाखा कार्यालय र १२३ वटा एटीएम सञ्जाल सञ्चालनमा छन् ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल