Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अन्योल र अस्थिरता नेताका एजेन्डा

काठमाडौं । राष्ट्र, राष्ट्रियता, सार्वभौमिकताको पक्षधर बन्न नसकेका संसदीय कालको १४ वर्ष सत्ता गुट र मोजमस्तीलाई पार्टीको मुल एजेन्डा बनाएका पुराना दल नेपाली काँग्रेस, एमाले र पछिल्लो समय सधैं जसो सत्तामा बसेको माअ‍ोवादी सुध्रिएनन् । त्यसैले नयाँ दल सुध्रिने ठाउँ भएन । दश वर्ष हतियार उठाएको नेकपा माओवादी होस् वा नेकपा कालको केपी कम्पनीको राजशाही चरित्रबाट अपमान भएकाले नेकपा एमाले टुक्य्राएर छुट्टै दश सिटे पार्टी भएको राष्ट्रिय शक्ति कानुन अनुसार बन्न नसकेको तर नेता भने राष्ट्रिय स्तरको पाएको नेकपा एकीकृत समाजवादी नै किन नहोस् पहिलो प्राथमिकता कुर्सी र पदकै छ । लोकतान्त्रिक भ्रष्टाचारका नायकहरू अस्थिरता चम्काउने, कुर्सी र पद कब्जा गर्ने मै छन् । जनताको सर्वोपरि हितमा ध्यान छैन । गठबन्धन फेर्दै पदको सुरक्षा गरेको ३२ सिटे क्रान्तिकारी पार्टीभित्र सुन तस्करी र माफियाकरणले ठाउँ लिएको छ । सधैं सत्ताको वरपर बसेर देशका ठूला आयोजना महंगा खरिदमा लुट मच्चाएको काँग्रेसलाई अस्थिरता चम्काउने भ्याई नभ्याई छ । मुलुक लोकतन्त्र र गणतन्त्रको नाममा भष्मासुरहरूको कब्जामा परेको छ । यो देशले नेता धेरै पायो तर देशभक्त राजनेता पाएन । लुट्न रेमश चौधरीदेखि रवि लामिछानेसम्मको मत मिल्छ । तर भूकम्पले ग्रस्त ग्रामीण क्षेत्रको चासो छैन । जनताको समस्या भन्दा दलीय स्वार्थ केन्द्रीत गणतन्त्रात्मक शासकहरूको स्वार्थ कतै बाझिँदा देश चुनावी भुंग्रोमा फस्छ, कतै द्वन्द्व सिर्जना हुने गरेको छ । अपमान भयो, हामी दयाको भिख माग्दैनौ भन्नेले पनि आफूले पाएको मन्त्रालयबाट जनताको सेवा गरेको छैन । भौतिक पूर्वाधार मन्त्री बन्दा प्रकाश ज्वालाले काठमाडौं भक्तपुर दु्रत बस सेवा सञ्चालनका नाममा राज्यस्रोत खर्च गरे । सरकारका बस थिएनन् । निजी गाडी व्यवसायीहरूले प्रयोग गरे त्यसबाट उपलब्धी देखेनन् । गाडी चलाउने छाडे । सवारी लाइसेन्स लिन वर्षौ कुर्नु पर्ने प्रणाली प्रकाश ज्वालाले सुधारेका थिएनन् । कृषिमन्त्रीले किसानका समस्या सम्बोधन गरेनन् । अपमान नसहने भनेको छ पाएको ठाउँमा काम गर्दैन । माधव नेपाल घोक्रो फुलाएर प्रचण्ड र ओलीसँग भिडेकै छन् । अहिले सबै गर्ने केही होइन । जो काम गर्दैन नालायक छ त्यसैलाई मन्त्री दिएको छ । काम देखाउने किसान श्रेष्ठ, प्रेम आलेहरू थन्केका छन् भने डोल्पाका धनबहादुर बुढा शहरी विकास मन्त्री बझाङका भानुभक्त जोशी संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री छन् । काम भने देखिँदैन, घोक्रो तिनकै फुल्छ । माधव नेपाललाई चित्त बुझेन उनको रिस केपी ओलीले काँग्रेससँगको गठबन्धनमा एक वर्ष माधव नेपाल प्रधानमन्त्री बन्ने थियो । त्यो भत्काएकोमा छ । एमालेसँग प्रधानमन्त्री मिल्दा माधवको प्रम पद फुत्कियो । ओलीसँग विचार र सिद्धान्तको लडाइँ माधवको पनि होइन । एमालेको जनता झुक्याउने लाइसेन्स जनताको बहुदलीय जनजाद माधवको पार्टीको लाइन छ । तर पार्टी एकीकृत समाजवादी भनिएको छ । पद र कुर्सी केन्द्रीत चरित्रले कसरी समाजवादको लक्ष्य पूरा गर्छ ? अस्थिरताले प्रभाव ब्यूरोक्रेसीमा पार्छ । काँग्रेस, एमालेको प्रशासनले माओवादीलाई साथ दिएको छैन । लगानी भिœयाउने रोजगारी बढाउने कामका लागि सरकार लगानी सम्मेलनको तयारी गर्दैछ । यता माधव नेपाल प्रचण्ड सरकारलाई असार काट्न नदिने योजनाका साथ काँग्रेससँग गठजोड गर्दैछन् । माधवलाई समाजवादसम्म जाने बाटो काँग्रेसले तयार गर्छ कि नेकपा माओवादीकेन्द्रले ? मन पर्न छाडेपछि संगत किन गर्ने ? प्रधानमन्त्री प्रचण्डलाई पनि छेपारे सिद्धान्तले बदनाम गरेको छ । एक वर्षमा ३ पटक सत्ताको टीम फेरेको छ । तीन पटक विश्वासको मत लिएको छ । केन्द्रको असर प्रदेशमा सारेको छ । प्रधानमन्त्री भएर आफ्ना योजना अगाडि बढाउन पाउनु छैन । कहिले काँग्रेसी भ्रष्ट कुलायन र नागहरूसँग काम गर्न कठिन भो भनेको छ कहिले एमालेका केपी ओलीको प्रवृत्ति सच्चिएन भनेको छ । तर कुर्सी भने सधैं प्यारो छ । गणतन्त्रका नाउमा जनताले यस्तै हैरानी रहने हो । यस्तै मनपरी गर्न देश भत्काइएको हो ? परम्परा गत राजतन्त्र भन्दा गणतन्त्रका राजाहरूको खर्च ठूलो छ । जनताको बारेमा नयाँ राजा चिन्तित थिए भने भूकम्पले भत्काएका घर नौ वर्षसम्म किन बनेनन् भन्न सक्छन् विदेशीले दिएको अनुदान समेत नेताले लुड्याएका छन् । सरकारमा तिनै छन्, सडकमा तीनै छन् । पुरानाको विरोध गरेर उम्रिएको रास्वपाको घण्टी वाला जनताले बचत गरेको पैसा सहकारीबाट झिक्दै खान्छ । प्रमाण जताततै छ, मैले होइन भन्दै गृहमन्त्री नै चाहिन्छ भन्छ । केपी ओलीले उठाएको रास्वपाको उचाई एमालेलाई खुम्च्याउनेमै छ । जसरी राजावादी राप्रपा र दुर्गा प्रसाईहरूलाई केपीले काखी च्यापेर वापमन्थी शक्तिहरूको तेजोबध गराए । त्यसको फल अहिलेको अस्थिरता बन्दैछ । यो अस्थिरताले भ्रष्टाचारीहरूलाई फाइदा पुगे पनि देश र जनतालाई घाटा छ । यसले व्यवस्थामाथि नै संकट थपिँदो छ ।