Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अपराधी जेलमुक्त हुँदा सरकार नाँगै !

काठमाण्डौ । कानून राज र विधिको शासनलाई खिल्ली उडाउँदै अदालतले अपराधी करार गरेका नेपालगंजका डन रिगल भन्ने जोगराज ढकालको सजाए माफी प्रकरणले नेपाली काँग्रेस हल्लेको छ । पार्टीका विपक्षी नेता डा. शेखर कोईरालाले थालेको यो अठोटले सरकार समेत नाँगीएको छ । काँग्रेसको कार्यकर्ताले खुडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेको प्रहरीको प्रमाण अदालती फैसलाको चासो नदिएको सरकार र त्यो सरकारका राष्ट्रपतिले ३४ जनाका वारेमा गृहसँग पुरक विवरण माग्दा काँग्रेसका रिगलको सोधपुछ किन भएन ? राष्ट्रपति रामचन्द्र पौडेलको विरोध देशभर भएको छ । गृह जिल्ला तनहुँका पार्टी नेता कार्यकर्ता पौडेलप्रति आक्रोशीत भएका छन् ।
०७२ असार २८ मा धम्वोजी चोकमा चेतनको हत्या गर्ने रिगलको रिहाईमा काँग्रेसी डन चरित्रका युवाहरुको जेलको ढोकामा उपस्थितीले पनि देशको कानून लोकतन्त्रकै खिल्ली उडाएको छ । जवकी अदालतले सर्वस्व सहित रिगललाई जेल सजाए तोकेको थियो । काँग्रेसले पनि त्यो चरित्रलाई जेल मुक्त गर्नु नै अपराध थियो । रक्षा तथा उप प्रधानमन्त्री पूर्णवहादुर खडका रिगल काण्डमा जोडिएका छन् । काँग्रेसले जे सिकायो त्यो काम नेकपा एमालेले सिक्यो माओवादी यीनकै योजनामा थपडी बजायो । सरकारलाई वदनाम यस्तै व्यवहारले गर्दछ । डा. शेखरले कानूनी राजको उलंग्घन गर्ने काम काँग्रेसको तहवाट हुनु हुदैन भनिरहेका छन् ।
डा. कोइराला कोशी प्रदेशमा काँग्रेसका उद्धव थापा सभामुखलाई राजीनामा गराएर बहुमत पुर्याउने प्रवृत्ति कै विरोधी थिए । काँग्रेसले असंवैधानिक तवरले सत्ताका लागि कानून मिच्ने हो भने कसले लोकतन्त्रको रक्षा गर्छ ? काँग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेलजस्ता युवाहरुले संसद प्रयोग गर्न सक्नुपर्छ भने संसद वाहिरका युवाहरुले पार्टीका कार्यक्रमहरुमा पनि लोकतन्त्र गणतन्त्र संघियता सामाजिक न्यायका पक्षमा आवाज उठाउनु पर्ने आवश्यकता छ ।
नेताहरुले काँग्रेसको साथमा बनेको गठवन्धन भत्काउने भन्दा पनि संसदीय दलको नेता फेरेर सरकारको बदनाम बचाउनु आजको आवश्यकता अपरिहार्य हुदैछ ।