Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अपराधी र गुण्डाले पाउने भए टिकट

काठमाडौं । लोकतन्त्रलाई बदनाम गर्ने काम राजतन्त्रका पछुवा, काँग्रेस र एमालेले गरे, गणतन्त्रको १६ वर्षमा जनतामाथि अन्य चार नेता र गुण्डाका लागि अवसर दिलाउने काम भयो । लाज नभएपछि भएका सांसद सबैलाई मन्त्ती बनाउने माओवादी नाउको खञ्चुवा समुह समेत आलोचना विहीन भएन । काँग्रेस र एमालेले त झन गुण्डागर्दी गरेर कमाउने गुण्डा र डनहरूलाई सांसद बनाउने तयारी गरेका छन् । पार्टीका लागि योगदान दिने निष्ठाको राजनीति गर्नेहरूको अब ठाउँ छैन । टोले गुण्डा र पकेटमाराले समेत स्थानीय तहको राजनीति गर्छन् । यस्तै डनवादलाई उचाईमा पु¥याएका पात्र हुन् एमालेका महेश बस्तेत । उनले एमाले केपी शासनमा जसपाका सांसद अहपरण गर्न धनुषा, महोत्तरीसम्म गाडी कुदाए । जबकि देश कोरोनाका कारण लकडाउनमा थियो ।
हिजो दिपक मनाङेलाई सांसद बनाएको एमालेले यस पटक दिपक खतिवडा धादिङ, चक्रे मिलन गोरखाबाट प्रदेश सांसदका उम्मेदवार सिफारिश गरेको छ । यो लहरमा काँग्रेस अगाडि छ । काँग्रेसले राजु गोर्खाली सिन्धुपाल्चोक, गणेश लामा काभ्रे, शुक्र तामाङ गोरखा, दिनेश लामा धादिङ, सञ्जय लामा काभ्रेबाट प्रदेश सांसदका लागि सिफारिश गरेको हो । राजनीतिक दलहरूमा देखिएको यस्तो बेथितिलाई निर्वाचन आयोगले खवरदारी गर्ला ?
पार्टी केन्द्रीय नेतृत्व पदभ्रष्ट, सत्ता लम्पट भएको कारण यस्तो विकृतिले ठाउँ लिएको हो । कुनै पनि नेतामा जनताको हितका कुरा जोडिएर आउने अवस्था छैन । राजनीतिक नियुक्तिमा समेत शैक्षिक योग्यताका कुरालाई लत्याउने गरियो । डा. बाबुराम भट्टराई प्रम भए, सबैतिर राम्रै गरेका थिए । तर भारतसँग बिप्पा गरेर बदनाम भए । पार्टी छाडेर अन्यत्र चाहारे अहिले पुन मुसीकोभवमा छन् । गोरखाबासीले उनलाई जिताउने भनेको भौतिक पूर्वाधार हुन् । दलगत रूपमा गएको स्थानीय चुनावमा उनले माओवादीको खेदो खनेका थिए । हिजो त्यही गोरखामा डा. बाबुराम काग्रेससँग मिलेर स्थानीय चुनावमा माओवादी खेदिएको फल अब फल्दैछ । आफ्नो आसेपासे भर्ति गर्न राज्य दोहन गराउन डा. पनि सफल थिए । सरकारको सञ्चार सल्लाहकार प्रेस काउन्सिलका अध्यक्ष र सदस्यको योग्यता गणतन्त्र नामको लुटतन्त्र नआउँदा नै तोकिएको हो । अध्यक्ष वरिष्ठ अधिवक्ता, न्यायाधीश, वरिष्ठ पत्रकार भन्ने यद्यपी स्वीकारको छ । तर भट्टराईले आफ्ना पछुवाको चित्त बुझाउन काउन्सिल सदस्य हुन स्नातक हुनुपर्ने प्रावधान च्यातेर क्रान्तिकारी बने । उनले खटाएका सदस्यको काम माओवादी पक्षकै साथ सहयोग गर्नेमाथि खनिने भयो । काउन्सिलको पुरस्कार र तिनै योग्यता नपुगेकाहरूले मिल्थ्यो भने श्रीमती र छोराछोरीलाई दिलाउँथे । तर राज समेत लजाउने गरी आफ्नै दलाल र हनुमानलाई दिलाए । प्रदेश सांसद सिफारिश पनि यस्तै हो ।