Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अपर स्याङ्गे हाईड्रोको आईपीओ आजदेखि निष्काशन खुला

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आज असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ निष्काशन खुला गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ५३ हजार ९ सय ५० जनाले १०–१० कित्ताका दरले पाउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनी यसअघि नै आयोजा प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक र सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको जनाएको छ ।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँ पालिका ४, स्याङ्गे नदीमा २।४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरी २ वर्षदेखि व्यापारिक उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।


सम्बन्धित समाचार