Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अफताब आलममाथि अनुसन्धान गर्न आठ दिन म्याद थप

रौतहट । बम बिस्फोटको घटनाका घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई थप अनुसन्धानका लागि ८ दिनको म्याद थप गरिएको छ ।
जिल्ला अदालत रौतहटका न्यायाधीश केशवकुमार पाण्डेको इजलासले आलमलाई थप अनुसन्धानको शुक्रवार ८ दिनको म्याद थप गरेको हो । उनलाई म्याद थपेको यो तेस्रो पटक हो ।
घटना भएको १२ वर्षपछि २६ गते प्रहरीले आलमलाई रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
पहिलो संविधानसभा निर्वाचनको बेला २०६४ चैत २७ गते राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो। सोही घटनामा आलमसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।