Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अफ्रिकामा अलपत्र नेपालीको उद्धार गरिँदै

काठमाडौँ । कोरोना संक्रमणले विश्वभर रहेका नेपालीहरु उद्दारको पर्खाइमा रहेका छन् । कोरोना महामारीका कारण अफ्रिकामा समस्यामा परेका नेपालीको ‘उद्धार’ ३ जुलाइमा गरिने भएको छ । नाइजेरियामा कार्यरत एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाका अनुसार ३ जुलाइ बिहान १ बजे इथोपियाको अदिस अबाबाबाट कतार एयरबेजको क्युआर १४४८ नम्बरको चार्टर्ड जहाजले पहिलो उडान भर्नेछ । थापाले नेपाल फर्कन इच्छुक इथोपिया तथा अन्य नजिकका देशहरुमा रहेका नेपालीलाई २ जुलाइसम्म अदिस आइपुग्न अनुरोध गरेका छन् । यसरी फर्कन चाहाने नेपालीहरुले इजिप्टस्थित नेपाल दूतावासमा सम्पर्क राख्न भनिएको छ । थप उद्धार उडान नाइजेरिया, केन्या र युगान्डा, कङ्गो र दक्षीण अफ्रिकाका लागि पनि पहल भइरहेको उनले बताए ।


सम्बन्धित समाचार

एनपीएलको ट्रफी सार्बजनिक

२०८१ मंसिर १०

ताजा नेपाल