Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अफ्रिका महामारीको जोखिममा रहेको डब्ल्युएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अफ्रिकाका ३ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणको जोखिममा रहेको चेतावनी दिएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने भन्दै डब्ल्युएचओले उक्त चेतावनी दिएको हो । कोरोना भाइरसको महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख मानिसको ज्यान जाने सक्ने र ३ करोड मानिसहरु गरिवीको चपेटामा पर्न सक्ने संयुक्त राष्ट्रसंघका अधिकारीले समेत आकलन गरिसकेका छन् ।
अफ्रिकामा अहिले एक हजार भन्दाबढी मानिसले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् भने १९ हजार भन्दाबढीमा संक्रमण पुष्टि भइसकेको छ । अहिलेसम्म अफ्रिकामा संक्रमण दर युरोप र अमेरिकामा भन्दाकम भए पनि बेलैमा सावधानी नअपनाए त्यहाँको अवस्था पनि भयावह हुन सक्ने चेतावनी दिइएको हो । भाइरसको संक्रमण अफ्रिकाका राजधानी भन्दा बाहिर फैलिने सम्भावना बढ्दै गएको डब्ल्युएचओले बताएको छ । अफ्रिकी देशहरुमा भेन्टिलेटरको अभाव रहेकाले पनि चिन्ता थप भएको डब्ल्युएचओले जनाएको छ । संयुक्त राष्ट्रसंघको अफ्रिकी आर्थिक कमिसनले सम्भावित महामारी नियन्त्रणमा लिनका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट चाहिने उल्लेख गरेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल