Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अबिरल बर्षाले जनकपुरधाम जलमग्न

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम अविरल वर्षाले जलमग्न भएको छ ।

वर्षाले मधेश सरकारको प्रशासनिक तथा आवास रहेको मधेश भवन परिसर जलमग्न छ भने जनकपुरधामका अधिकांश सडक तथा गल्लीहरूमा पानी जमेको छ । बिहानसम्म जनकपुरधामको सिक्स लेन सडकमा आधा पानी जमेको थियो ।

जनकपुरधाम केही सरकारी कार्यालयको साथै गहिरोमा रहेका घरहरूमा पानी जमेको छ । बाह्रबिघा मैदान पोखरीमा परिणत भएको छ । जनकपुरको जिरोमाइलस्थित फलमण्डिमा डेढ फिट गहिरो पानी जमेको छ ।

जनकपुर डुवान हुँदा जनजीवन प्रभावित भएको छ ।

नालाहरू जाम हुनुका साथै उपयुक्त डिजाइन नगरी निर्माण भएका सडक तथा नालाको कारण जनकपुरधाममा पानी निकासमा समस्या छ ।