Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि अग्रसरता लिन काँग्रेस सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी जसपाका नेताले आग्रह गरेका छन् । देउवा अघि नसरे आफूलाई सघाउन जसपा नेताको प्रस्ताव छ । नेपाली काँग्रेसनिकट स्रोतले बतायो । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देउवालाई सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आग्रह गरेका छन् । देउवा आफूले प्रस्ताव दर्ता नगर्ने हो भने जसपालाई साथ दिन यादव र भट्टराईले प्रस्ताव गरेका छन् । जसपाको उपेन्द्र–बाबुराम पक्षले राखेको यो प्रस्तावबारे देउवाका तर्फबाट कुनै जवाफ आइनसकेको स्रोतले बताएको छ ।
काँग्रेस र माओवादीसँग भएको छलफलमा जसपाका नेताहरुले आफ्नो पार्टीमा छलफल गरेर मात्रै सत्ता समीकरणबारे निर्णय दिने बताएका थिए । सत्ता समीकरणबारे छलफल गर्न जसपाको पदाधिकारी बैठक बस्दै देउवानिवासमा बसेको तीन दलीय बैठकमा काँग्रेस सभापति देउवाले आफूलाई प्रधानमन्त्रीमा समर्थन जनाउन जसपासँग प्रस्ताव राखेका थिए । देउवाको सोही प्रस्तावमाथि छलफल गर्न आज आज दिउँसो २ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा जसपाको पदाधिकारी बैठक बसेको छ । बैठकमा सत्ता समीकरणबारे छलफल हुने नेताहरुले बताएका छन् । आजको बैठकमा काँग्रेस र माओवादीसँग मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल हुने जसपाका एक नेताले बताए ।
काँग्रेस तयार नभए जसपाकै तर्फबाट अविश्वास प्रस्ताव अघि बढाउनुपर्नेमा उपेन्द्र–बाबुराम पक्षको मत रहेको ती नेताले बताएका छन् । आजको पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठक बोलाउने बारेमा पनि छलफल हुने बताइएको छ । आज बस्ने पदाधिकारीको बैठकले कार्यकारिणी समितिको बैठक तय गर्ने सो पार्टीले जानकारी दिएको छ । यसअघि चैत ५ गते बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । स्थगित बैठक होलीपछि बस्ने भनिएको थियो । होलीपछि नेताहरु उपत्यका बाहिर भएका कारण बैठक तय भइरहेको थिएन ।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल