Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब चिकित्सकको सुरक्षाका लागि अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सरकारले अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने बताएका छन्। शुक्रबार संसदीय समितिमा सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले चिकित्सकको सुरक्षाका लागि सरकार गम्भीर भएको बताए।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकको सुरक्षाका लागि अस्पतालमा सुरक्षाकर्मी राख्नेबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बिहीबार छलफल भएको जानकारी दिए। गृहमन्त्रीसँगको छलफलमा चिकित्सकहरु असुरक्षित ठानिएका अस्पतालहरूमा ६ देखि ७ जनासम्म हतियारसहित सुरक्षाकर्मी राख्ने समझदारी भएको जानकारी गराए।