Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टीभित्रको भागवण्डामा केपी ओलीले ठूला स्थान कब्जा गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अब एकता सुदृढ नभए देश सफल नहुने र कम्युनिस्ट आन्दोलन पनि सफल नहुने बताए ।
कहिलेकाहीँ पार्टी एकता नगरेको भए बरु कहिँ न कहिँ विकल्प रहिराख्थे कि भन्ने पनि लाग्छ, सबै विकल्प सकेर हामी सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बर्बाद हुने हो कि भन्ने चिन्ता छ, उनले भने ।
अहिले यही चिन्ताले अप्ठेरो भन्दा अप्ठेरो समस्या पनि हल गर्दै गएको प्रचण्डले बताए । उनले शुक्रबारको सचिवालय समितिको निर्णय पनि त्यस्तै अप्ठेरो निर्णय भएको बताए । विगतमा युद्ध गर्दा गणतन्त्र ल्याउन सक्दैनन् भनेको स्मरण गर्दै अहिले पनि पार्टी एकता टिकाउन नसक्ने भन्ने टिप्पणी भएको प्रचण्डले बताए । उनले भने, पार्टी एकता त सम्भव नै भन्थे हामीले गर्यौं । तर हेर्दै जानुहोला अब सुदृढ एकतासहित राष्ट्रलाई हाँक्ने पार्टी बन्नेछ ।
२०८१ चैत्र २८
ताजा नेपाल
२०८१ चैत्र २८
ताजा नेपाल
२०८१ चैत्र २८
ताजा नेपाल