Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब नेपकपा कार्यकर्तामाझ पुग्छ : प्रचण्ड

चितवन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टीले एक्लै दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिकामा आइतवार नेकपाले गरेको कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डले आगामी चुनावमा नेकपाले एक्लैले दुई तिहाई सिट ल्याउने बताएका हुन् ।
निर्वाचन आउन तीन वर्ष बाँकि रहेको भन्दै प्रचण्डले पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउँदा दुई तिहाइ सीट ल्याउन सकिने बताएका हुन् । प्रचण्डले भने, अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ बहुमतको सुनिश्चितता गर्नुछ । त्यो प्रतिवद्धता हामीले व्यक्त गरेका छौं ।
पार्टी एकीकरण प्रकृयाले लामो समय लिँदा केही समस्या देखिएको भएपनि आगामी दिनमा भने केही समस्या नदेखिने उनको भनाइ थियो । पार्टी एकताको काम सकिएको भन्दै प्रचण्डले अब केन्द्रीय कमिटीको बैठकपछि कार्यकतासँग पुग्ने बताए । पार्टी एकतामा भएको ढिलाई र समन्वयको कमीले गर्दा स्थानीय तहको चुनावमा केही स्थानमा हार खाएको स्वीकार गर्दै प्रचण्डले समग्र परिणामले उत्साही बनाएको र केही स्थानको नतिजाले शिक्षा दिएको समेत बताए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल