Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब पालो शक्ति बस्नेतको

काठमाडौँ । अहिले बन मन्त्रालय राति १०÷११ बजेसम्मै उज्यालो हुन्छ । सिंहदरबारका अन्य मन्त्रालय सुनसान हुँदा पनि वन मन्त्रालयमा चहलपहल भइरहेकै हुन्छ । मन्त्री शक्ति बस्नेत मन्त्रालयमै बसेपछि सचिव र अन्य कर्मचारी घर जाने कुरा पनि भएन । उनीहरू पनि मन्त्रालयमै हुन्छन् । तर मन्त्रीको यस्तो व्यस्तता मन्त्रालयको काम भन्दा पनि ‘खेतीपाती’मा सक्रिय मन्त्रीका कारण मन्त्रालयका कर्मचारी आजित भइसकेका छन् । मध्यरातमा सरकारी गाडीमा सिंहदरबारभित्र माक्स लगाएकी एक युवतीको प्रवेश हुन्छ । उनी सरासर मन्त्रीको च्याम्बरमा छिर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनको यही बानीका कारण ज्वाइँ नाता पार्ने एक पत्रकारले विगतमा उनका विरुद्ध विभिन्न अनलाइनहरूमा समाचार प्रवाह गरेका थिए । ती ज्वाइँकी श्रीमती (मन्त्रीकी भतिजी)ले केही समय अगाडि आत्महत्या गर्न बाध्य भएको प्रसंग पनि कम दर्दनाक छैन ।

मन्त्री शक्ति बस्नेत श्रीमती सत्या पहाडीलाई कहिले क्याबिनेटमा व्यस्त भएको बताउँछन्, कहिले बालुवाटर त कहिले अध्यक्ष निवास खुमलटार । श्रीमानको पिछा लाग्दा लाग्दा थाकेकी पहाडी अहिले डिप्रेसनको शिकार भएकी छिन् । पाठेघरको समस्याका कारण एउटै मात्र सन्तान भएका बस्नेत परिवारमा अहिले शान्ति छैन । आफ्नो क्षमता नभएपछि हरेक निर्णयमा अध्यक्ष प्रचण्डको संकेत पर्खने उनको प्रवृत्ति अहिले पनि यथावत छ । भन्नका लागि उनी कर्मचारीहरूको सरुवा बढुवामा ‘म्याडमलाई भेट्नु भयो ?’ सोध्ने गर्दछन् । तर उनको चरित्रले म्याडमलाई मनमा शान्ति दिएको भने छैन । सभामुख पदमा रहेका कृष्णबहादुर महराका विरुद्ध उनी जसरी लागे अब उनका विरुद्ध सिंहदरबारमा तत्कालिन माओवादीका कार्यकर्ताहरूले जासुसी गरे भने रंगेहात पक्राउ पर्ने पालो यिनकै आउने छ । किनकि यिनका विगतका बारेमा राम्रो जानकारी राख्ने जनार्दन शर्मा अहिले मन्त्री पद नपाएर छट्पटाइरहेका छन् ।

महरालाई गच्छदार शैली भनेर प्रचार गराउने शर्माले जनयुद्ध कालमा बस्नेतमाथि लागेका कार्यकर्तामाथि जबर्जस्ती करणी काण्डका थुप्रै घटनाहरू दबाइदिएका थिए । शर्माले जति दबाए पनि बस्नेतलाई एक वर्ष पार्टीले कारबाही गर्न बाध्य भएको जनयुद्धकै सहभागी पत्रकारहरू बताउँछन् । माओवादीभित्र क्षमता नभए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहालको गार्ड भएकै कारण उनीमाथि त्यतिबेलै कोटेश्वरमा गोली प्रहार पनि भएको थियो । त्यो घटनाले उनलाई राजनीतिक फाइदा दिलायो । जिल्लाबाट सांसद बन्ने मौका पनि मिल्यो । अहिलेसम्म ३ पटक मन्त्री पनि उनी भए । सधैं अध्यक्ष प्रचण्डको कृपा उनीमाथि रहेकै कारण पछिल्लो पटक बनमन्त्री भए पनि उनले प्रचण्डप्रति प्रहार गर्न भने छाडेनन् । अहिले उनी अर्का अध्यक्ष केपी शर्मा ओलीका भक्त बनेका छन् । प्रचण्ड निवास खुमलटारमा भएका कुराकानीहरू सबै पास गर्ने यिनै बस्नेत बनेका छन् । यसैकारण अध्यक्ष प्रचण्डले हटाउने मन्त्रीको सूचिमा बस्नेतको नाम राखे पनि अर्का अध्यक्ष ओलीका कारण उनी आफू मन्त्रीमै टिकिरहनेमा ढुक्क छन् ।