Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब सभामुख हामी चलाउँछौं : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताएका छन् । उनले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति जुटाउन नसक्ने भए आफूहरुलाई दिन आग्रह गरे । नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया अवरुद्ध भएको छ, उहाँहरु मिल्दै, मिल्दैन भने हामी चलाइदिन्छौ सभामुख, तरसंसदलाई बन्धक बनाउन मिल्दैन, उनले भने ।
उनले चाँडै सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सत्तापक्षका नेताहरुबीचनै विवाद कायम रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई चाँडै संसदबाट अनुमोदन गर्नुपर्ने पनि बताए ।
हाम्रो पार्टीले एमसीसी अनुमोदन गर्ने भनेर पास गरिसकेको छ’, सभापति देउवाले भने, नेपालको विकासमा अमेरिकाले ग्राहायता दिएको छ । यसलाई अनुमोदन गरेर जानुपर्छ । पार्टी सभापति देउवाले केन्द्रीय समितिको बहुमतले निर्णय गरेको पार्टीको महाधिवेशनको समय अब कुनै पनि हालतमा परिवर्तन नहुने जिकिर गरे । देउवाले असन्तुष्ट पक्ष पनि तोकिएकै मितिमा महाधिवेशन गर्न सहमत भइसकेको दावी गरे ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल