Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अभद्र व्यवहार गरी भाग्न लागेको अवस्थामा पक्राउ

काठमाडौं । प्रहरीलाई अभद्र व्यवहार गरी भाग्न लागेको अवस्थामा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका(३ चिप्ले घर भई काठमाडौं असन बस्ने ३० वर्षीय कुमार श्रेष्ठलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । काठमाडौं रत्नपार्क एरियामा अपराधिक प्रबृतिका ब्यक्तिहरुको सूचना संकलन गरी निग्रानी राख्न महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा फेला पारी सोधपुछ गर्दा प्रहरीलाई अभद्र व्यवहार गरी भाग्न लागेको अवस्थामा उनलाई पक्राउ गरेको हो । उनको साथबाट ह्याण्ड सेट १ थान प्रहरीले बरामद गरेको छ ।
कुमारलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल