Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अभिनेत्रीलाई यौनकर्मीको आरोप लागेपछि….

अभिनेत्री माहिका शर्माले आफुलाई यौनकर्मीको रुपमा हेरेको भन्दै चित्त दुखाएकी छन् । माहिकाका अनुसार उनले डेनीसँग काम गर्ने फैसला गरेपछि मानिसहरुले उनलाई यौनकर्मी सम्झिएर भेदभाव गर्न थालेको बताएकी छन् । बुधबार अन्तर्राष्ट्रिय यौनकर्मी दिवसका दिन उनले आफुलाई सही साबित गर्नुको साटो मैले एक यौनकर्मी कति दयनीय जिन्दगी बाँचिरहेकी होलिन् भन्ने सोचेँर उनीहरुको लागि सहयोग गर्ने योजना बनाएको बताएकी हुन् । यो कुरा माहिकाले आगामी फिल्म ‘द मोर्डन कल्चर’ मा एडल्ट फिल्म स्टार डेनी डीसँगै देखिने भएपछि बाहिर आएको थियो । माहिका पूर्व मिस टिन नर्थ ईस्ट माहिकाले रामायण, एफआईआर, तू मेरे आगल बगललगायत टिभी शोमा अभिनय गरिसकेकी छिन् । विभिन्न च्यारिटी र एनजीओको हिस्सा गरिसकेकी माहिकाले महिला र बालबालिकाको स्वास्थ तथा वेश्यावृत्ति समाप्त गर्ने उद्धेश्यले यौनकर्मीको पुनर्वासका लागि काम गरिरहेकी छिन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल