Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अभियोग पुष्टि भए पल १४ वर्ष जेल

काठमाडौं । अभिनेता पल शाहलाई थुनामा राख्ने आदेश आएको छ । नाबालिग बलात्कारको अभियोगमा उनीविरुद्ध सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामाथि थुनछेकको बहस सकिएपछि त्यस्तो आदेश आएको हो । जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलाशले शाहलाई थुनामा राख्ने आदेश दिएको हो । अदालतले प्राप्त प्रमाणबाट शाहलाई कसूरदार देखिएको भन्दै थुनामा राख्न आदेश दिएको हो । शाहमाथि एकजना नाबालिक गायिकामाथि बलात्कार गरेको अभियोग छ । शाहले बयानमा उक्त आरोप अस्वीकार गरेका छन् ।
पल शाहविरुद्ध नाबालिक गायिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजूरी दर्ता गरेका थिए । त्यसपछि शाहलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बलात्कारको अभियोगपत्र दर्ता गरेको हो । पल शाहविरुद्धको अभियोग पुष्टि भए उनी १४ वर्षसम्म जेल जानुपर्ने हुनसक्छ ।