Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमितको भनाइमा नेपालको चासो

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले नेपालको सम्बन्धमा दिएको आपत्तिजनक अभिव्यक्तिप्रति नेपालले भारतको ध्यानाकर्षण गराएको छ ।

भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका अधिकारीहरुसँगको भेटमा सो कुरा उठाएको हुन् । भारतीय विदेश मन्त्रालयले यस विषयमा के भएको हो बुझ्ने काम भइरहेको जवाफ दिएको भएपनि नेपालप्रति भारतको हेपा प्रवृतिले यस्ता शंका उब्जाउने गरेको हो ।

शाहले एक कार्यक्रमा भारतीय जनता पार्टीले नेपाल र श्रीलंकामा आफ्नो सरकार बनाउने योजना रहेको भनी सार्वजनिक अभिव्यक्ति दिएको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले सार्वजनिक कार्यक्रममा बोले पछि कुट्नितिक क्षेत्रमा यो विषय प्रवेश गरेको हो ।

शाहले सन् २०१८ मा नै पार्टी विस्तार गरेर नेपाल र श्रीलंकामा समेत सरकार बनाउने भनी अभिव्यक्ति दिएको बताएका थिए । भारतीय शासकहरु नेपालको सारभौम अखण्डता र राष्ट्रिय स्वाभिमान माथि यस्ता प्रहार गर्दै आएको छ । त्यही भारतमा नेपाली जनमत विरुद्ध शाषकहरुले चलाएको अभियान नरुचाउने ठूलो जनमत छ ।

केही भारतीय सञ्चारमाध्यमले एउटा अनौपचारिक कार्यक्रममा भारतका विभिन्न राज्यमा मात्र किन कम्युनिष्ट पार्टीजस्तै नेपाल र श्रीलंकामा पनि पार्टी विस्तार गर्नुपर्ने भनी ठट्टा गरेका कारण अहिले यो विषय चर्चामा आएको हो ।

भारतका मुख्यमन्त्रीले एक सार्वजनिक कार्यक्रममा बोलेपछि राजनीतिक दलहरुले यसको विरोध गरेका छन् । इन्डियन नेसनल कंग्रेसका नेता राहुल गान्धीले शाहको अभिव्यक्तिले छिमेकीसँगको सम्बन्ध विग्रने भन्दै त्यसको विरोध गरेका छन् ।