Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकामा इतिहासकै ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन एफबीआईले भर्जिनियाको एक फार्मबाट १५० वटा बम बरामद गरेको छ । यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरिएको घटना हो ।

आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो । उनले हतियार र गोलाबारुद संकलन गरिरहेको जानकारी एफबीआईले प्राप्त गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको एक झोलामा ‘नो लाइभ्स म्याटर’ लेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । नो लाइभ्स म्याटर अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधको सन्दर्भमा प्रयोग गरिन्छ ।