Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकामा एक साता दुई नेपाली युवाको प्राणन्त

काठमाडौं । सुन्दर भविष्यको कल्पना साकार पार्न अमेरिका पुगेका दुई युवाको एक साताभित्रै प्राणान्त भएको छ । अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको हो । न्युयोर्क २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार मृत्यु भएको थियो भने अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको गत जुलाई २८ तारिख बुधवार मृत्यु भएको छ । दुवै युवा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । विपिन कामबाट घर फर्किएर शौचालय प्रयोग गर्न गएको बेला र सृजन पसलमा काम गरिरहेको समयमा बेहोस भएका थिए । दुवै जनालाई अस्पतालले बचाउन सकेन ।
एनआरएनए अमेरिकाद्वारा जारी विज्ञप्ति अनुसार नेपालमा पर्वत घर भएका विपिन लम्साल २०१६ देखि अमेरिकामा बस्दै आएका थिए । काठमाडौँ दक्षिणकाली नेपाल घर भएका विविधता चिट्ठा (डीभी लोटरी) विजेता सृजन कुँवर भने २०१९ देखि अमेरिका बस्दै आएका थिए ।

दुवै युवाको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको प्रवक्ता तोया दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विपिन लम्सालको शव नेपाल फर्काउन एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्डबाट १८ हजार डलर सङ्कलन गरिसकेको छ ।

एनआरएनए विसकनसिन च्याप्टरले सृजन कुँवरको शव नेपाल पठाउन आवश्यक पर्ने रकम सङ्कलन गर्न मङ्गलबार गो फण्ड सञ्चालनमा ल्याएको छ । दुवै युवाको परिवारको अनुरोध अनुसार अध्यक्ष बुद्धि सागर सुवेदी अमेरिका स्थित नेपाली दूतावास ,मेरिल्यान्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारी, न्यु योर्क र विसकनसिन च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागि परेका छन् ।


सम्बन्धित समाचार