Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
दुई दशक भन्दा बढी समय देखि निरन्तर ब्यापार ब्यवसायमा लाग्दै आएका मकवानपुर हेटौंडाका सुरेन्द्र प्रसाद सञ्जेल बिगत आठ वर्ष देखि अमेरिका रहेर पनि नेपालको ब्यापारलाई निरन्तरता दिइरहेका छन् । अमेरिकामा पनि ब्यापार ब्यवसायलाई अगाडी बढाउन नखोजेका त होइनन् उनले तर प्राबिधिक रुपमा वा अन्य कारण अमेरिकामा ब्यापार ब्यवसाय सुरु गर्न सकिरहेका थिएनन्् । उनको आगामी योजना भने कै अमेरिकामा पनि आफ्नो ब्यवसायलाई अगाडी बढाउनु हो । अमेरिकाको मेरिल्याण्ड राज्यमा बिगत आठ वर्ष देखि बस्दै आएका सुरेन्द्रलाई अबको छोटो समय भित्रै अमेरिकामा कुनै ब्यवसायको सञ्चालकोे रुपमा भेटियो भने अचम्म नमान्दा हुन्छ । नेपालीहरुको ठूलै बाहुल्यता रहेको यस राज्यको वरिपरी भर्जेनीया लगायतका स्थानमा बसोबास गर्ने नेपालीहरुलाई ध्यानमा राख्दै सुरेन्द्रले नेपाली परम्परागत खाना र संस्कृतिलाई समेट्दै भब्य रेष्टुरेण्टको सोचलाई साकार रुप दिंदैछन् । अमेरिका भरिनै छरिएर रहेका नेपाली वा अमेरिकामा जन्मेका सन्तानहरुलाई नेपाली कला र संस्कृतीसंग साक्षत्कार गराउनु र नजिकबाट नियाल्न सकुन भन्ने उव्देश्यका साथ रेष्टुरेण्ट खोल्ने तयारीमा लागेका सुरेन्द्रलाई यो काममा अन्य केही नेपालीले पनि साथ दिने भएका छन् । ठूलो लगानीमा खोल्न लागेको यो रेष्टुरेण्टको उव्देश्य भनेको नेपालको लोकल र अर्गानिक खानालाई विश्व सामु चिनाउनु, रेष्टुरेण्टमा नेपालीको पहिचान खुल्ने भेषभूषा, भोजन देखि मनोरञ्जन र सजिसजावट पनि नेपाली परम्परागत सामानहरु रहने सुरेन्द्र बताउछन् । ढिकी नाँतो, गुन्द्री चकटी, फापर कोदोको ढिंडो, गुन्द्रुक देखि पाटनको चटामरी, छ्याङ, भक्तपुरको जुजु धौं, पाल्पाको ढाका, भोजपुरको खुकुरीसम्म रेष्टुरेण्टमा उपलब्ध गराउने उनको सोच छ । हिमाल, पहाड, तराई र उपत्यका भित्रका खाद्यजन्य वस्तुहरुलाई समेट्ने सुरेन्द्रको तयारी छ । यही तयारीका निम्ति सुरेन्द्र हिजआज निरन्तर लागि रहेका छन् । नेपाली पाहुना त उनका प्रमुख ग्राहक हुने नै भए लोकल पाहुनाहरुलाई पनि नेपाली खानपान, कला सँस्कृती प्रति आकर्षित गराउनु रेष्टुरेण्टको मुख्य उव्देश्य हुने छ । अमेरिका जस्तो उध्दार राष्ट्र जसले विश्वभरको खानालाई उत्तिकै महत्व र साथ दिएको छ । अमेरिकन र अन्य मुलुकबाट आउने पाहुनाहरुको निम्ति यो रेष्टुरेण्ट टिपिकल नेपाली खानाको लागि अन्तिम गन्तब्य बन्ने कुरामा ब्यवसायि सुरेन्द्र प्रसाद सञ्जेल विश्वस्त छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल