Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकामा ४७ लाखलाई कोरोना संक्रमण

एजेन्सी । अहिले कोरोनाले सबैभन्दा प्रभावित पारेको मुलुक हो महाशक्ति राष्ट्र अमेरिका । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ६४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५८ हजार ४१६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४७ लाख ६४ हजार ३०५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ८९८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २३ लाख ६२ हजार ८२० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २२ लाख ४३ हजार ५८७ जनामध्ये १८ हजार ७२० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।