Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिकामा ४ सय बढीको मृत्यु, एकै दिन थपिए ८ हजार ५ सय संक्रमित

अमेरिका । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा बढ्दो रुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ । एकैदिन अमेरिकामा ८ हजा ५ सय ७६ नयाँ संक्रमित थपिए सँगै अमेरिकामा हालसम्म संक्रमितको स‌ख्या ३२ हजार ७ सय ७८ पुगेको छ ।
अमेरिकामा १ सय ७८ जना उपचारपछि निको भएका छन् भने ३२ हजार १ सय ८९ जना उपचाररत छन् । ७ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९२ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।
कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो। संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना सङ्क्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन् ।


सम्बन्धित समाचार